पानि पिउनुस दिमाग तेजिलो बनाउनुस
काठमाडौं, साउन २ – वैज्ञानिकहरुले पानी पिउँदा मस्तिष्कको क्षमता बढ्ने र पर्याप्त पानी पिउनाले मस्तिष्क तेज हुने तथ्य पत्ता लगाएका छन् ।इष्ट लण्डन विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । उनीहरुका अनुसार जब मानिसलाई लागेको तिर्खा मेटिन्छ तब दिमाग काममा केन्दि्रत हुन्छ ।शोधकर्ताहरुले यस क्रममा ३४ जना महिला तथा पुरुषमा अध्ययन गरे । उनीहरुले मानिसहरुलाई सुरुमा तिर्खा लागेको छ छैन भनेर प्रश्न गरे ? तिर्खा नलागेको जवाफ दिने मानिसहरुको सुरुमा टेष्ट लिए र त्यसपछि उनीहरुलाई पानी खान दिए । पानी पिएपछि फेरी ती मान्छेको टेष्ट लिए । त्यसैगरी तिर्खा लागेको छ भनेर बताएका मानिसहरुलाई पनि केही प्रश्न सोधेर परीक्षा लिए अनि पानी खान दिएर फेरी परीक्षा लिए ।
यस क्रममा के पाइयो भने तिर्खा नलागेको भनेका मानिसहरुले पानी खानु अघि र खाइ सकेपछि दुबैचोटी दिएको जाँचको स्तर उस्तै थियो । जबकी तिर्खा लागेको बताएका मानिसहरुले पानी खानु अघि भन्दा पानी खाइसकेपछिको परीक्षा निकै राम्रो छ । तिर्खाएका मानिसहरुले पानी खाइसकेपछि दिएको जाँच तिर्खाको बेलाको भन्दा १४ प्रतिशत उत्तम रहेको अध्ययनका क्रममा पाइयो ।शोधकर्ताहरुका अनुसार मानिस तिर्खाएको बेलामा मस्तिष्कको एउटा भाग तिर्खाको सूचना प्रसार गर्नमै व्यस्त रहन्छ । तर जब मानिसले पानी पिउँछ तब मस्तिष्कको त्यो भागले फुर्सद पाउँछ अनि काममा केन्दि्रत हुन्छ ।
शोधकर्ता क्यारोलिन एडमन्डस्का अनुसार कडा श्रम गरिरहेको बेलामा समेत पानी पिउनु निकै फाइदाजनक हुन्छ । पानी मात्र होइन चिया तथा कफी पिउँदा पनि उत्तिकै फाइदा हुन्छ । सरीरमा पानीको कमी हुँदा त्यसले मस्तिष्कको काममा बाधा पार्ने ठहर गर्दै शोधकर्ताहरुले पर्याप्त पानी पिउनाले स्मरण शक्तिमा वृद्धि हुने, काममा एकाग्रता कायम हुने, तनावको स्तर घट्नुका साथै सरीरमा हर्मोनको सन्तुलनमा समेत सहयोग पुग्ने बताएका छन् ।परीक्षा हलमा पर्याप्त पानी पिउँदै परीक्षा दिने विद्यार्थीले पानी नपिइकन परीक्षा दिँदा भन्दा एक तिहाइ बढि राम्रो परीक्षा गरेको पाइएको शोधकर्ताहरु बताउँछन् ।- एजेन्सी