धेरै सुत्ने बच्चा पढाइमा कमजोर

२०७० श्रावण ५ गते, शनिबार

लण्डन । लामो समयसम्म सुत्ने बच्चाको दिमागमा असर पर्ने एउटा अनुसन्धानले देखाएको छ । सुत्ने बानी र दिमागको सम्वन्धको बारेमा गरिएको एक र्सर्वेक्षणले यस्तो देखाएको हो । सात वर्षमेर समूहका ११ हजारभन्दा बढी बच्चाहरुलाई बेलायतमा गरिएको अध्ययन भन्छ- जुन बच्चाको रातमा सुत्नेको कुनै नियमित समय छैन र रातको नौ बजे पछि सुत्छ उ पढ्न कमजोर र अझ गणितमा कमजोर हुन्छ । अनुसन्धानकर्ताले भनेका छन् ‘न्रि्राको कमीले शरीरको क्षमता विगार्न सक्छ र सिकाइको क्रममा दिमागको क्षमतामा नराम्रो असर पार्छ’ अनुसन्धानकर्ताले पहिला ३ वर्षफेरि पाँच वर्षर त्यसपछि सात वर्षो उमेरका बच्चाको क्षमताबारे जानकारी जुटाएका थिए । अनुसन्धानको क्रममा उनीहरुले सिकाइ प्रक्रिया र न्रि्राको सम्बन्धबारे खोज केन्द्रित गरेका थिए । तीन वर्षम्मका बच्चामा सुत्ने समयको निकै अनियमितता हुने पाइएको छ । पाँचमा लगभग एक बच्चाको सुत्ने समय अलग-अलग थियो । जब बच्चा सात वर्षो हुन्छ त्यसमध्येका बच्चा निश्चित समयमा सुत्नेमा आधा पर्छन् । जुन समय साँझ साढे सातदेखि साढे आठसम्मको थियो । यी बच्चाहरुको सुत्ने समय निश्चित थिएन । ती बच्चाहरुले अंक गन्ने, गणित र सामान्य ज्ञानको परीक्षामा आफ्ना बाँकी साथीको भन्दा कम अंक ल्याए । लामो समय सुत्ने बानीले बालकको भन्दा बालिकालाई असर गर्ने देखिएको छ । ‘राम्रो दिनचर्याले बच्चाको लागि खास महत्व राख्छ । बाल्यकालमा सुताइको सही समय तय गर्नु सबैभन्दा महत्वपूण् हुन्छ । अझै पनि केही अबेर भएको छैन,’ प्रोफेसन सेकरले भनेका छन्- ‘हामीले यी कारणहरुको बारेमा पनि सोच विचार गर्न जरुरी छ ।’ लामो समय या अनियमित समयमा सुत्ने बच्चाहरु धेरैजसो गरीब परिवारका रहने गरेका छन् । यस्ता बच्चा रातको समयमा पढ्नुको सट्टा टेलिभिजन बढी हेने गर्छन् । उनीहरुको बेडरुमा नै अक्सर टेलिभिजन हुने गर्छ- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार