बिहानको नास्ता मुटु स्वस्थ
काठमाडौँ । आफ्नो मुटु स्वस्थ राख्ने हो भने बिहान नास्ता खान नभुल्नुहोस् । विहान खाजा नखाने मानिसको मुटु अस्वस्थ हुने खतरा बढि हुने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरुले २७ हजार मानिसमा गरेको शोधबाट यस्तो निष्कर्षनिकालेका हुन् । हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुको यो शोध सम्बन्धि समाचार र्सकलेशन नामक जर्नलमा छापिएको छ । शोधकर्ताहरुको निष्कर्ष- एक पटक खाना नखानु भनेको मस्तिष्कमा अतिरिक्त बोझ थप्नु हो । यसअघि ब्रिटिस हार्टफाउण्डेसनले समेत बिहानको खाजाले मानिसहरुलार्इर्र्दिउसोको लन्च अघि गुलियो खानेकुरा खानबाट रोक्ने र त्यसको सकारात्मक प्रभाव मुटुमा पर्ने बताएको थियो ।
शोधका क्रममा ४५ देखि ८२ वर्षउमेरका पुरुषमा १६ वर्षम्म अध्ययन गरियो । जसका क्रममा डेढ हजार जना भन्दा बढि मानिसलार्इर्र्हृदयाघात भयो वा मुटुले पूरै काम गर्न छाड्यो । अध्ययनले के देखायो भने जो मानिसले बिहान खाजा खाँदैनथे उनीहरुमा बिहानको खाजा खाने मान्छेमा भन्दा २७ प्रतिशत बढि मुटुरोग देखियो । शोधकर्ताहरुले जीवनशैलीसँग जोडिएका अन्य कुरा जस्तै धूमपान तथा व्यायाम लगायतका विषयलार्इर्र्पनि मध्यनजर गरेका थिए । शोधकर्ता डाक्टर लिया काहिलका अनुसार बिहान उठेको एक घण्टाभित्र केही न केही खाजा खानर्ैपर्छ । खाने विषय स्वास्थ्यका लागि निकै महत्वपूण् रहेको र खानका लागि सधै दिउसोसम्म पर्खिँदा स्वास्थ्य विस्तारै कमजोर हुँदै जाने उनको भनाइ छ । यसबाट अन्ततः उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता रोगको खतरा बढ्छ र मुटुमा दर्ीघकालीन असर पुर्याउँछ । ब्रिटिस हार्टफाउण्डेसनका पोषण विज्ञ भिक्टोरिया टेलका अनुसार यो शोध केवल ४५ वर्षन्दा माथिका पुरुषमा भएको हुँदा यसको निष्कर्षाई अझै विश्वसनीय बनाउनका लागि अन्य उमेर समूहका मानिसमा पनि यसको अध्ययन गर्नुपर्ने आवश्यकता छ । बिहानको खाजाले पोषणमा विविधता ल्याउनुका साथै दिउँसो स्न्याक्स तथा गुलियो लगायतका खानेकुरा खाने दरमा कमी ल्याउने हुनाले मुटु स्वस्थ राख्न सघाउ पुग्छ । यसबाट बढि भोजन गर्न दरमा पनि कमी हुन गई मोटोपन लगायतका समस्या समेत कम हुन्छन् । बिहानको भोजनमा अन्न, गेडागुडी, फलफूल लगायतका हल्का भोजन गर्न स्वास्थ्यका लागि निकै फाइदाजनक हुने शोधकर्ताहरुको ठम्याइ छ ।