विश्व स्तनपान सप्ताह सुरु

२०७० श्रावण १७ गते, बिहीबार

काठमाडौं, १७ साउन– विश्व स्तनपान सप्ताह विहीबारदेखि सुरु भएको छ ।शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । सुत्केरी हुने बित्तिकै आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वास्थ्यकर हुन्छ । शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटक सम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ ।
नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ३५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ६ महिनासम्म पूर्ण स्तनपानको अवसर ५३ प्रतिशत बालबालिकाले मात्रै पाइरहेका छन् ।शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराउने गर्दा बालमृत्युको जोखिम बढीरहेको चिकित्सकहरुको भनाइ छ ।तर शिशुलाई नियमीत दूध खुवाउने महिलामा पहिलो ६ महिनामा गर्भवती हुने डर कम हुने तथा सुत्केरी भएपछि छिटो निको हुने, गर्भवती हुनुभन्दा अगाडीकै शारीरिक अवस्थामा फर्किन मद्धत गर्ने, सुत्केरी भएपछि हुने डिप्रेसन तथा डिम्बाशय र स्तनक्यान्सरको जोखिम कम हुने जस्ता फाइदा हुने चिकित्सकहरुले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पका प्रयोग हुने पदार्थका कारण स्तनपानमा आमाको चासो घट्ने गरेको भन्दै आमा र बच्चा दुवैलाई बेफाईदा गर्ने त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार