सिटिइभिटीद्वारा सम्बन्धन दिने व्यवस्था परिमार्जन

२०७० श्रावण २५ गते, शुक्रबार

काठमाडौं,२५ साउन । प्रबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् {सिटिइभिटी}ले नर्सिङ्ग कलेजलगायतका बिभिन्न संस्था सम्बन्धन सम्बन्धी व्यबस्थालाई परिमार्जन गरेको छ ।सिटिइभिटीले अबदेखि संस्था स्वीकृति दिँदा सरकारी, सार्वजनिक शैक्षिक गुठी, परोपकारी संस्था, स्थानीय निकायद्वारा सञ्चालित संस्थालाई पहिलो प्राथमिकता दिएर संस्था स्वीकृति दिने भएको हो ।‘हालैको बैठकले संस्था स्वीकृति दिने नियममा केही परिमार्जन गरेको छ, जथाभावी संस्था स्वीकृति अब हुदैन’, सिटिइभिटीका सदस्य सचिव रामहरी लामिछानेले भने ‘संस्थाको आवश्यकता भएका स्थानमा मात्रै संस्था स्वीकति दिईन्छ ।’ उनले दुर्गम, विकट स्थानमा रहेको संस्थालाई पनि आवश्यकता हेरेर स्वीकृति दिईने बताए ।लामिछानेले सिटिइभिटीमा बिभिन्न विषयको संस्था स्वीकृतीको माग गर्दै दुई हजार सात सय ८० वटा वटा संस्थाको आवेदन परेको बताए । त्यसमध्येमा सबभन्दा बढी नर्सिङ्गका लागि आवेदन परेको उनले बताए ।
त्यसैगरि नर्सिङ्ग विषय अध्ययनका लागि सिटिइभिटी र नर्सिङ्ग परिषद्को फरक फरक नियमका कारण संस्था स्वीकृतीमा अन्यौल भएको छ । २०६८ बैशाख १ गतेको निर्णयानुसार परिषद्ले नर्सिङ्ग कलेज संचालन गर्न १ सय शैयाको अस्पताल हुनै पर्ने नियम बनाएको छ भने सिटिइभिटीको नियममा अझै पनि ५० शैयाको अस्पताल हुनु पर्ने नियम रहेको छ । फरक फरक नियमले संस्था स्वीकृतिमा अन्यौल बनेको सिटिइभिटीका सदस्य सचिव लामिछानेले बताए ।एउटै निश्चित मापदण्ड बनाउनेबारेमा छलफल भईरहेको बताईएको छ । सहरी क्षेत्रमा एक सय शैयाकै अस्पताल अनिवार्य गरेपनि दुर्गम क्षेत्रका हकमा भने ५० शैयाको अस्पतालाई पनि नर्सिङ्ग अध्ययन गर्न संस्था स्वीकृति दिएर दुर्गमका विद्यार्थीलाई शहरमा आउनु नपर्ने व्यबस्था गर्नुपर्नेछ । सिटिइभिटीले नयाँ विषयमा सम्बन्धन लिन आएमा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार