मोटीका सन्तानको आयु छोटो

काठमाडौँ । मोटोपना भएका महिलाबाट जन्मिएका सन्तानहरूको आयु छोटो हुने अध्ययनले देखाएको छ । मोटी आमाबाट जन्मिएका सन्तान ५५ वर्षो उमेर अगावै मर्ने सम्भावना सन्तुलित तौल भएका महिलाबाट जन्मिएका भन्दा एक तिहाइ बढि हुने अध्ययनको निष्कर्षरहेको छ । साथै मोटोपना भएका महिलाबाट जन्मिएका सन्तानहरू हृदयाघात तथा अन्य खाले मुटु सम्बन्धि रोगका कारण अस्पताल भर्ना हुनुपर्ने खतरा २९ प्रतिशतले बढ्ने समेत देखिएको छ । यसअघिका अध्ययनले मोटोपना भएका महिलाबाट जन्मिएका बच्चाबच्चीमा मुटु सम्बन्धि रोग, मधुमेह तथा मोटोपना हुने सम्भावना बढि हुने तथ्य पत्ता लगाइसकेको भएपछि पछिल्लो अध्ययनले भने त्यस्ता सन्तानको आयु पनि छोटो हुने र कम उमेरमै मृत्यु हुने खतरा बढि हुने देखाएको हो । स्कटल्याण्डको एबरडिन तथा इडिनबर्ग विश्वविश्यालयका शोधकर्ताहरूले १९५० देखि १९७६ को अवधिमा जन्मिएका ३८ हजार मानिसमा अध्ययन गरी यस्तो निष्कर्षनिकालिएको हो । यसले के देखाएको छ भने जो व्यक्तिका आमाहरू उनीहरू जन्मिँदाको समयमा मोटोपना भएका थिए उनीहरूमा वैँशमै मर्ने जोखिम ३५ प्रतिशत बढि थियो । शोधकर्ताहरूका अनुसार गर्भवती महिलामा मोटोपनाको समस्या बढिरहेको छ जुन आमा र बच्चा दुबैको स्वास्थ्यका लागि जोखिमपूण् बनिरहेको छ ।