विपी प्रतिष्ठानमा अख्तियार पस्यो

२०७० भाद्र ३ गते, सोमबार

काठमाडौं, ३ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले परीक्षाफल प्रकाशनमा गरेको अनियमिताको छानबिन सुरु गरेको छ ।प्रतिष्ठानले एमबीबीएस र बीडिएस तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा अनियमितता गरेको र २ पटक परीक्षाफल प्रकाशन गर्दा फरक फरक नामावली प्रकाशन गरेको उजुरी आयोगमा परेको थियो ।
परीक्षा सम्बन्धी सम्पूर्ण कागजात र प्रयोग गरिएको कम्प्युटर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।यसका साथै अनुसन्धानका लागि प्रतिष्ठानका उपकुलपति, रेक्टर, डिन तथा सहायक डिन लगायतलाई पनि आयोगमा उपस्थित गराई अनुसन्धान गरीरहेको आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार