चीनमा पढेका ‘डाक्टर’लाई ईन्टर्न गर्न दिन नमिल्ने : काउन्सिल
काठमाडौं ,५ भदौ। नेपाल मेडिकल काउन्सीलका अध्यक्ष दामोदर गजुरेलले चीनमा एमवीवीएस गरेका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न अनुमति दिन नमिल्ने बताएका छन् । उनले पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वोच्चमा जाने चेतावनी दिए ।
रिपोर्टर्स क्लबमा आयोजित अन्र्तक्रियामा गजुरेलले भने ’मेडिकल काउन्सिल विदेशमा डाक्टर पढेर आएकाहरुको इन्टरर्नसिप गर्न अनुमति दिने संस्था होईन, हामी उनीहरुको ठेक्का लिएका छैनौं । त्यसैले हामी सर्वोच्च जाँदैछौं, अदालतले जे फैसला गर्छ त्यही मान्छौं ।’ विदेशी भूमिमा एमवीवीएस पढेका सबै विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न दिने हो भने राज्यले थेग्न नसक्ने भन्दै उनले अहिले आएका ८३ जना विद्यार्थीहरु नेपालमै इन्टरर्नशीप गर्ने हो भने सर्वोच्चको फैसला नआउँदा सम्म कुर्न आग्रह गरे ।
डाक्टर पढ्न ईच्छुक नेपालीलाई चाइना थ्री गर्जेज युनिभर्सिटीमा पठाउँदै आएका कन्सल्टेन्स डा.कृष्ण अधिकारीले नेपाल मेडिकल काउन्सिलले एमवीवीएस गरी नेपाल फर्केका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्नबाट रोक्नु काउन्सिलको नियम विपरित भएको दावी गरे ।विद्यार्थी सुलक्षणा श्रेष्ठले आफूहरुलाई इन्टर्नसीप गर्नबाट बञ्चित गरिए काउन्सिलका अध्यक्षविरुद्ध मुद्दा हाल्दै काउन्सिल अगाडि आमरण अनसन बस्ने चेतावनी दिए ।