छालाको क्यान्सरबाट पुरुष बढी खतरामा

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौ , – छालाको क्यान्सरबाट ज्यान गुमाउने पुरुषको संख्या महिलाको भन्दा अधिक भएको एक अध्ययनले देखाएको छ ।क्यान्सर रिसर्च युकेले सार्वजनिक गरेको नयाँ तथ्यांकका अनुसार गम्भीर प्रकारको छालाको क्यान्सर मेलेनोमाका कारण ज्यान गुमाउने पुरुषको संख्या महिलाको भन्दा ७० प्रतिशत उच्च रहेको छ ।हरेक वर्ष १ लाख मान्छेमध्ये औसतमा ३ दशमलव ४ जना पुरुषले घातक मेलेनोमा क्यान्सरबाट ज्यान गुमाउने गरेको छन् भने महिलाको संख्या २ मात्रै छ । सन् १९७० को दशकयता मेलेनोमाका कारण ज्यान गुमाउने पुरुषको मृत्युदर १ सय ८५ ले बढेको छ भने महिलाको मृत्युदरमा ५५ प्रतिशतले वृद्धि आएको छ ।छालाको घातक क्यान्सर मेलेनोमाका कारण ज्यान गुमाउने पुरुषको संख्या वृद्धि भैरहेको र महिलाको संख्या भने स्थिर रहेकाले भविष्यमा छालाको क्यान्सरका कारण ज्यान गुमाउने महिला र पुरुषबीचको अन्तर अझै बढ्नसक्ने अनुसन्धानकर्ताले बताएका छन् ।
सूर्यको प्रकाशसँगै आउने अल्ट्रा भ्वाइलेट किरणको सम्पर्कमा बढी आउने, छालामा धेरै कोठी भएका साथै बंशाणुगत कारणले पनि छालाको गम्भीर क्यान्सर मेलेनोमा हुने गर्दछ ।अनुसन्धानकर्ताले प्राय पुरुषले छालामा देखिने समस्याका बारेमा चिकित्सकसँग सल्लाह लिन उपेक्षा गर्ने प्रवृत्ति नै समस्या वृद्धिको एक प्रमुख कारण भएको औंल्याएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार