शिक्षक उतीर्ण गराउन पैसाको अफर

२०७० भाद्र ९ गते, आईतवार

काठमाडौं, ९ भाद्र । शिक्षक सेवा आयोगको परिक्षामा उतीर्ण गराइदिन भन्दै परिक्षार्थीहरूले सोझै आयोग अध्यक्ष उदयराज सोतीसमक्ष पैसाको अफर गर्न थालेका छन्। अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरू पैसा खुवाएर उतीर्ण हुने आशा राखेर आफ्ना दलनिकट नेतामार्फत आयोग पदाधिकारीसमक्ष पुग्ने गरेको छ।दलाललाई विश्वास नगर्ने तर पैसा खर्च गरे पास भइने भ्रम पालेका समूह पैसा लिएरै आफूलाई भेट्न आउने गरेको सोतीले बताए। त्यस्तो साहस देखेर म अचम्ममा पर्छु, उनले भने, त्यस्ता मान्छेलाई आयोगले प्रकाशन गर्ने नतिजा पद्धतिबारे जानकारी गराएर फर्काउँछु। परीक्षाको नतिजा निपक्ष हुने र भनसुन नचल्ने बताएपछि उनीहरू पनि ढुक्क भएर जान्छन्। कसैले उतीर्ण गराइदिन्छु भन्दै पैसा लिएको थाहा पाए कारबाही गरिने उनले बताए। हरेकजसो जिल्लामा पैसा खुवाएर आयोगको परीक्षा उतीर्ण गराइदिने आश्वासनसहित दलालहरूले ठूलो रकम असुल्ने गरेका छन्।१७ वर्षपछि आयोगकले प्रावि, निवावि र मावि तहमा १३ हजार स्थायी दरबन्दीका लागि लिएको परीक्षामा करिब ४ लाख शिक्षकले परीक्षा दिएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार