शिक्षाको मार्गचित्र सार्वजनिक

२०७० भाद्र १३ गते, बिहीबार

काठमाडौ , १३ भदौ- सरकारले आर्थिक बर्ष २०७०–७१ मा प्राथमिकता प्राप्त शैक्षिक कार्यक्रमहरुको मार्गचित्र सार्बजनिक गरेको छ । भाद्र ९ देखि १२ गतेसम्म चलेको शैक्षिक योजना तथा राष्ट्रिय गोष्ठीबाट आएका सुझावलाई समेटेर शिक्षा बिभागले चालू आर्थिक बर्षका लागी आबधिक योजना, बजेट र कार्यक्रमबाट निर्देशित कार्यक्रमहरुका साथै बिभिन्न शैक्षिक कार्यक्रमलाई प्राथमिकताको मार्गचित्रका रुपमा जारी गरेको हो ।जारी मार्गचित्रमा शिक्षा क्षेत्रमा लगानी हुने नियमित बजेट तथा बिभिन्न तबरबाट भएको लगानीको लेखाजोखा तयार पारिएको छ ।
त्यस्तै बिद्यालयमा न्युनतम रुपमा रहने पाठ्यक्रम तथा पाठ्यसामाग्री उपलब्ध हुने ब्यबस्था मिलाईने भएको छ । बिद्यार्थीको सिकाई अधिकारलाई सुनिश्चित गर्न कम्तीमा १ सय ९२ दिन अनिबार्य पठनपाठन हुने र दुई सय २० दिन बिद्यालय खुल्ने प्रत्याभूति गराईने मार्गचित्रमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार