पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी कायमै
काठमाडौं, १८ भदौ । विश्वविद्यालयको पदाधिकारी र कर्मचारीको राजिनामा माग गर्दैै विभिन्न राजनैतिक समूहले पूर्वाञ्चल विश्वविद्यालयमा बिगत २५ दिनदेखि तालाबन्दी गरेपछि विद्यार्थीहरु मार्कामा परेका छन् । राजनैतिक दलको भतृसंगठनको रुपमा स्थापित भएका विद्यार्थी सगंठनहरुले विद्यार्थीको भविष्यलाई नै समस्या हुने गरि आन्दोलन र बन्द गर्न थालेपनि आन्दोनकारीहरुमाथि नै विरोधका स्वरहरु आउन थालेको छ ।
यसअघि पनि बिभिन्न मागहरु राख्दै यिनै सगंठनहरुले विश्वविद्यालयमाको पठनपाठन अवरुद्ध गर्दै आएका थिए । यसले गर्दा विश्वविद्यालयमा अध्ययन गरिरहेका बिद्यार्थीहरु अत्यन्तै चिन्तित बनेका छन् । बारम्बार हुने अवरोध र तालाबन्दीले ४ बर्षे कोर्स ६ वर्षसम्ममा पनि नसकिएको विद्यार्थीहरुको गुनासो छ । यस विषयको विवाद समाधान गर्न एउटा वार्ता टोली पनि बनाइएको छ । तर वार्ता टोलीले राजिनामाको एक सुत्रिय माघमा अडान कायमै राख्दा बन्द विश्वविद्यालय अझै खुल्न सकेको छैन् । त्यही अध्यनरत एक विद्यार्थीले अन्दोलकारीहरुको स्वार्थमा विश्वविद्यालयले साथ नदिएकोले उनिहरु तालाबन्दी गरेर स्वर्थपूर्ति गर्ने दाउमा रहेको आरोप लगाए । यसरी त्यहाँ अध्ययनरत व्द्यिार्थीहरुनै आन्दोलनकारीको गतिविधि प्रति असन्तुष्ट छन् ।ख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । यदी विद्यार्थीको भविष्यप्रति चासो नै राख्ने भए ति आन्दोलनकारीहरुले विश्वविद्यालयमा भएको अनियमिता विरुद्ध अख्तियारमा उजुरी गर्न सक्थे तर गैरजिम्मेवार राजनैतिक दलका कार्यकर्ता आफ्नो स्वर्थका लागि हजारौं व्द्यिार्थीको भविष्यमाथि खेलवाड गरिहेका छन् ।