देशभरीका सामुदायिक विद्यालय बन्द

२०७० भाद्र २१ गते, शुक्रबार

काठमाडौं, २१ भदौ : अस्थायी शिक्षक संघर्ष समितिले आज देशभरीका सामुदायिक विद्यालय बन्द गराएका छन् । शिक्षकहरुले आफ्ना माग पुरा गराउन दवाव दिदै देशभरका सामुदायिक विद्यालयमा बन्द गराएका छन् । विद्यालय बन्दभएपछि हजारौ विद्यार्थीको पठक पाठन ठप्प भएको छ । हिजो सिंहदरबार धर्नाको क्रममा प्रहरीले धरपकड र लाठीचार्ज गरेको विरोधमा शिक्षकहरुले आज विद्यालय बन्द गराएका हुन् । प्रहरी हस्तक्षेपमा ५० जना भन्दा बढी शिक्षक घाइते भएका थिए ।सिंहदरबारमा धर्ना आज पनि जारी रहने उनीहरुले बताएका छन् । समान आन्तरिक प्रतिष्पर्धा गराएर स्थायी, अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्नुपर्ने लगायतका माग गर्दै उनीहरु आन्दोलनमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार