आज राष्ट्रिय शिक्षा दिवस

२०७० भाद्र २३ गते, आईतवार

काठमाडौ : आज राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७०- ‘बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ मनाइँदैछ । दिवसका अवसरमा आज बिहान राष्ट्रपति डा रामवरण यादवबाट विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई विद्याभूषण प्रदान गर्नेछन् भने शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालय र शिक्षासेवीहरूलाई पुरस्कृत गर्दैछ । यस्तै, आज शैक्षिक प्रदर्शनी आयोजना, प्रकाशन, साक्षर गाविस घोषणा, वृत्तचित्र प्रदर्शनी, साक्षरता सन्देश प्रवाह, जलपानलगायतका कार्यक्रम रहेको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिए । उनले दिवस मनाउन सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको बताए ।
नेपालमा विसं २०२८ सालमा पहिलोपटक ‘शिक्षाको पारिलो घामबाट कुनैपनि बालबालिका वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवस मनाइएको हो भने हरेक वर्ष ८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आएको छ । दिवस मनाउन शिक्षामन्त्री माधवप्रसाद पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा अझै ३५ लाख नागरिक निरक्षर छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार