आजदेखि बृहत पुस्तक प्रदर्शनी

२०७० आश्विन १ गते, मंगलवार

काठमाडौं, १ असोज । साझा प्रकाशनले आजदेखि देशैभर ४१ औं राष्ट्रिय बृहत पुस्तक प्रदर्शनी गर्देछ । ‘साझाको चाहनाः पठन संस्कृतिको अभिवृद्धिमा हरेक स्थानमा पुस्तकालयको स्थापना’ भन्ने नाराको साथ पुस्तक प्रदर्शनी हुन लागेको हो ।प्रदर्शनी राष्ट्रिय सभागृह र देशभरका साझा प्रकाशनका कार्यालयमा एकैसाथ हुने साझा प्रकाशनले जनाएको छ । आगामी १५ गते सम्म चल्ने प्रदर्शनीमा १० हजारभन्दा बढी शीर्षकका पुस्तकहरु राखिने छन् भने पाँच सयभन्दा बढी लेखकले आफ्नै तर्फबाट प्रकाशन गरेका विभिन्न विधाका पुस्तक राख्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार