धुमपान छाड्ने हो ?
काठमाडौँ । वास्तवमा धूमपानको लत छाड्नु निकै चुनौतिको काम हो । धूमपानको लत लागेपछि छाड्न निकै गाह्रो हुन्छ । अन्य कुलतजस्तै धूमपानको लत छाड्न खोज्दा पनि मानिसको शरीरमा सुरुसुरुमा केही मानसिक तथा शारीरिक प्रतिक्रिया पैदा हुन्छन् । त्यस्ता प्रतिक्रियाका कारण व्यक्ति पुनः धुवाँ लिन बाध्य हुन्छ । तर दृढ इच्छाशक्ति हुने हो भने धूमपानबाट अलग त हुन गाह्रो छैन । धूमपानले आफ्नो स्वास्थ्यमा निकै गम्भीर असर पुर्याइरहेको छ र यसले मृत्युको मुखमा पुराइरहेको छ भन्ने कुरा मनन गरेर धूमपान छाड्नका लागि दृढ बन्ने हो भने सजिलै धूमपान छाड्न सकिन्छ । तर, सर्ूर्तिमा हुने निकोटिन नामक रसायनले पैदा गर्ने तलतली मेटाउनका लागि सुरुमा धूमपानको विकल्प आत्मसात गर्नुपर्ने हुन्छ । मानिसहरूले धूमपान त्याग्नका लागि विभिन्न खाले औषधि समेत सेवन गर्ने गरेको पाइन्छ । तर, यदि इच्छाशक्ति नहुने हो भने जस्तोसुकै औषधि सेवन गरे पनि धूमपानबाट छुटकारा पाउन सकिँदैन । धूमपान छाड्नका लागि यस्ता केही तरिका छन् जसको सहयोगले धूमपानको लतबाट छुटकारा पाउन सकिन्छ- -१) धूमपानलाई सफलतापर्ूवक त्याग्नका लागि तपाइँले आफ्नो धूमपानको आदतलाई राम्रोसँग पहिचान गर्नर्ुपर्छ । त्यस लतप्रति आफ्नो निर्भरतालाई पहिचान गर्नर्ुपर्छ । म कस्तो प्रकारको अम्मली हुँ – मलाई कुन बेला किन धूमपान गर्न मन लाग्छ – भन्ने कुराको बारेमा जानकार भई त्यस्ता विषय तथा परिस्थितिलाई कसरी सामना गर्ने भन्ने विषयमा योजनाबद्ध ढंगले अघि बढ्नुहोस् । तपाइँले आफ्नो धूमपानको आदत र आवश्यकता तथा यसका जोखिमका विषयमा जानकार भएर त्यसलाई त्याग्नका लागि योजना बनाउनुभयो भने तपाइँले धूमपान त्याग्न सक्नुहुन्छ । -२) शारीरिक गतिविधिहरू निकोटिनको इत्छा कम गर्नका सहयोगी हुन्छन् । जब तपाइँलाई चुरोट तान्न वा सर्ूर्ति खान मन लाग्छ तब जुत्ता लगाएर बाहिर कुँदिहाल्नुस् । यदि कुद्ने अवस्था तत्काल छैन भने जिउ तन्याकतुनुक पार्दै व्यायाम गर्नुहोस् । गाउँघरतिर कुनै काम गर्नुपर्ने छ भने हँसिया नाम्लो लिएर घाँस काट्न गइहाल्नुहोस् वा वस्तुभाउ लिएर वनतिर जानुस् । बाजी थाप्नुहोस्- तपाइँले आफ्नो मित्रसँग बाजी थाप्न सक्नुहुन्छ । बाजी यो शर्तमा कि तपाइँले निर्धारित तिथिसम्ममा धुमपान गर्न छाड्नुहुन्छ । यदि नछाडेमा बाजी हार्नुहुन्छ । तपाइँले आफ्नो लत छाड्न मात्र होइन, साथीको लत छुटाउन पनि उसलाई बाजी थाप्न प्रोत्साहित गर्नुहोस् । बाजी थापेपछि तपाइँमा धुमपान त्याग्ने इच्छाशक्ति बढ्छ, त्यो तपाइँको आत्मगौरवसँग जोडिएको विषय पनि हुने हुनाले तपाइँ धूमपानलाई बाइबाइ भन्नेतर्फलाग्नुहुन्छ । -३) रक्सीले धूमपान गर्न प्रेरित गर्छ । त्यसैले यदि तपाइँले धूमपान छाड्दै हुनुहुन्छ भने रक्सी पिउन पनि छाड्नुस् । यो सँगै ग्यास मिश्रति तथा फिँज मिश्रति पेय पदार्थजस्तै कोक, पेप्सी तथा चिया कफी पनि नपिउनुहोस् । त्यसको साटो पानी तथा जुस पिउनुहोस् । तनाव नियन्त्रण गर्नुहोस्-धूमपान गर्नुको मुख्य कारण त्यसमा भएको निकोटिनले तनावबाट क्षणिक मुक्ति दिने भएकाले पनि हो । तर तनाव कम गर्न निकोटिनको सहारा लिनु निकै घातक कुरा हो । तपाइँले तनाव कम गर्न चुरोट पिउने होइन कि तनाव नियन्त्रण गर्न योगा तथा व्यवस्थित जिवन पद्धति जस्ता उपाय अपनाउनुहोस् । ध्यान गर्नुहोस् संगीत सुन्नुहोस्, प्रवचन सुन्नुहोस् र हिँडडुल गरेर मन बहलाउनुहोस् । -४) बेकिङ सोडाले शरीरमा रहेको निकोटिनको मात्रा कम गर्छ जसले गर्दा निकोटिन लिने इच्छा कम हुन्छ । त्यसैले आधा चम्चा बेकिङ सोडा दिनमा दिन पटक पानीमा पिउनुहोस् । -५) जब धूमपान गर्ने इच्छा जाग्छ तब दूध, गाजर, फलफूल जस्ता चीज खानुहोस् । यसले मुखमा नयाँ स्वाद छाड्नुका साथै त्यसपछि धूमपान गरे पनि त्यसलाई बेस्वादिलो बनाउँछ र तपाइँलाई धूमपानको इच्छा कम भएर जान्छ । भिटामिन सी युक्त फलफूलको बढी सेवन गर्नाले चुरोट पिउने चाहनामा कमी आउँछ । -६) धूमपानको लत छाड्नका लागि दालचिनी, ल्वाङ, सुकुमेल चपाउनु पनि सफल उपाय मानिन्छ । जब चुरोट पिउने इच्छा जाग्छ जब नुनिला खाद्य पदार्थ जस्तै नमकिन, अचार, पापड, चिप्स खानुका साथै सम्भव नभए ज्रि्रोमा नुन दल्नुहोस् । तर होसियारी अपनाउनु केमा पर्दछ भने धेरै नुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । -७) चुइंगम चपाउनु पनि धुमपान छाड्नका लागि बलियो अस्त्र हुनसक्छ । -८) यस्ता व्यक्तिको संगत गर्नुहोस् जसले धुमपान गर्दैन । -९) मनमा दृढइच्छा बनाउनुहोस् र आफूलाई धूमपान नगर्ने व्यक्तिको रूपमा कल्पना गरी आफैँलाई इज्जत गर्नुहोस् ।