आज विश्व रेबिज दिवस

२०७० आश्विन १२ गते, शनिबार

काठमाडौं, १२ असोज – आज सेप्टेम्बर २८ अर्थात विश्व रेबिज दिवस, ” रेबिजलाई बुझौं र परास्त गरौं” नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।रेबिज विरुद्ध पहिलो पल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।भेटेरिनरी जनस्वास्थ्य कार्यालयले गएको असोज ६ गतेदेखि नै दिवसका अवसरमा जनचेतनामूलक सप्ताहव्यापी कार्यक्रम गरिहेको छ । रेबिज रोग, रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।
रोगका जिवाणुहरु रोगी पशुको र्‍यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । रेबिज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा हो भन्ने शंका लागेका पशुले टोके तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।अध्ययन अनुसार नेपालमा रेविज फैलनुको मुख्य कारण जंगली स्यालको टोकाइ रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार