स्वास्थ्यबर्द्धक पारिजात
काठमाडौँ । पारिजातको फूल अति नै पवित्र मानिन्छ । पारिजातको फूलको धार्मिक तथा पितृ कार्यका साथै साँस्कृतिक महत्व पनि उत्तिकै छ । पारिजातकै फूल चोर्न खोज्दा र्स्वर्गका राजा इन्द्रलाई काठमाडौँका स्थानीयबासिन्दाले पक्रिएर उनलाई लज्जित बनाउन सुरु गरिएको जात्रा अहिलेसम्म पनि इन्द्रजात्राका रूपमा मनाउने गरिएको छ । यति मात्रै नभएर पारिजात औषधीय गुणको भण्डार पनि हो ।
– आयर्ुर्वेदका अनुसार पारिजात पाइल्स रोगका लागि निकै राम्रो औषधि हो । यसको एउटा बीज दिनहुँ सेवन गर्नाले पाइल्स रोग ठीक हुन्छ । पारिजातको बीउको लेप बनाएर पाइल्समा लगाउँदा बिरामीलाई राहत मिल्छ ।
– पारिजातको फूल मुटु रोगका लागि पनि राम्रो औषधि हो । परिजात फुल्ने महिनामा यसको रस दैनिक सेवन गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।
– पारिजातको पातलाई पिसेर महमा मिसाएर खाएमा यसले सुख्खा तथा पुरानो खोकी निको हुन्छ । यस्तै कफ, दम तथा ज्वरोमा समेत यसको रस सेवन गरेमा आराम मिल्दछ ।
– पारिजातको पातलाई पिसेर अनुहारमा लगाउनाले चमक बढ्नुका साथै विभिन्न छालासम्बन्धी रोग निदानका लागि पनि सहयोग गर्छ । पारिजातको पातबाट छालाका लागि हर्बल तेल तथा साबुन पनि बनाइने गरिन्छ ।
– परिजातको फूलको रसलाई मरिचमा मिसाएर सेवन गर्नाले महिनावारीमा धेरै रगत बग्ने, जोर्नी तथा मांसपेशी दुख्ने साथै कब्जियतलगायतका स्वास्थ्य समस्यामा राहत मिल्दछ ।
– स्वस्थ कपाल उमार्न साथै कपाल झरेर तालु भएको ठाउँमा पनि पारिजातको बीउको लेप लगाउन सकिन्छ । यसले हेयर टोनिकको रूपमा काम गर्न आयुर्वेदमा उल्लेख छ ।
– घरमा उडुस परेको छ भने पनि पारिजातको फूलको बीउको धुलो र्छकाले उडुस नियन्त्रणमा आउँछ ।
– सुगन्धित धुप तथा अत्तर बनाउन पनि पारिजातको फूलको उपयोग हुन्छ ।