विश्व मुटु दिवस मनाइदै

२०७० आश्विन १३ गते, आईतवार

काठमाण्डौं, १३ असोज। आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । मृटु रोगबाट वर्सेनि ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेपछि यस बर्षको दिवसलाई बढी चेतनामुलक बनाउने अभियानमा स्वास्थ्य कर्मी तथा मुटु रोगका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जनाएका छन् ।‘स्वस्थ मुटुका लागि स्वास्थ जीवन शैली अपनाउँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइदैछ । अस्वस्थ जीवनशैली, धुम्रपान, मादक पदार्थ सेवन जस्ता कारणले लाग्ने यो रोगबाट बर्सेनि १ करोड ७३ लाख भन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालमा भने मुटु रोगिको संख्याको यकिन तथ्यांक छैन् । तर बर्सेनी रोगिको संख्या भने बढ्दै गएको चिकित्सकहरुको भनाई छ । खानपान र शारिरीक अभ्यासमा ध्यान दिने हो भने यो रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार