मोटोपन घटाउन निद्रा नै काफी

२०७० आश्विन १४ गते, सोमबार

काठमाडौं, बदलिँदो जिवनशैली तथा खानपानका कारण विश्वमा धेरै मानिस मोटोपनबाट पीडित छन् । मोटोपन खासगरी विकशित देशहरुमा समस्याको रुपमा खडा हुँदै गएको छ । मोटोपन घटाउनका लागि धेरै मानिस डाइटिङ तथा व्यायाम लगायतका कुरामा जोड दिन्छन् । तर पछिल्लो एक अध्ययनले भने मोटोपन कप गर्नका लागि डाइटिङ भन्दा मीठो निद्रा बढि कामयाबी हुने तथ्य पत्ता लगाएको छ ।शोधकर्ताहरुका अनुसार बच्चा तथा वयस्क सबैमा कम निद्रा तथा मोटोपन वा अधिक वजनबीच गहिरो सम्बन्ध हुन्छ । पछिल्लो समयमा मानिसमा मोटोपनाको समस्या बढ्दै जानुमा मानिसको जिवनशैलीमा आएको परिवर्तन तथा निद्रा वा आरामको समयमा भएको कटौती मुख्य कारण रहेको शोधकर्ताको ठहर छ ।
फंक्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिंगको माध्यमबाट गरिएका अनुसन्धानले के देखाएको छ भने पर्याप्त निद्रा नलिँदा मस्तिष्कमा जटिल समस्या समाधान गर्ने भागमा असर पुग्छ र त्यस्ता मानिस अस्वस्थकर भोजनप्रति आकषिर्त हुन्छन् ।
शोधकर्ताहरुका अनुसार अपर्याप्त निद्राका कारण भोक जगाउने हर्मोनको स्तरमा पनि बदलाव आउँछ । यसले अघाएको महसुस गराउने लेप्टिनको मात्रा घटाउँछ भने भोक जगाउने ग्रेलिनको मात्रा बढाउँछ । यसले भोक २४ प्रतिशत, खानेकुराको इच्छा २३ प्रतिशत तथा मोटो हुने इच्छा ३३ प्रतिशतले बढाउँछ ।यस्तो अवस्थामा कार्बोहाइड्रेटयुक्त भोजन गरेपछि मात्र मानिसालई जरुरी खाना खाएको धित मर्छ जसले मानिसमो मोटोपना बढाउँछ । कम निद्राका कारण मानिसमा भोक बढि हुन्छ र खाना खाइसकेपछि पनि थप केही कुरा खाने इच्छा जाग्छ । त्यस्तो मानिस जंकफुड खान लालायित हुन्छ । जबकी पर्याप्त निद्रा लिने मानिसमा जंकफुड प्रतिको रुची कम हुन्छ र फलफूल र सागसब्जी खाने इच्छा बढ्ता हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार