अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाईंदै

२०७० आश्विन १७ गते, बिहीबार

काठमाडौं, १७ असोज – स्तन क्यान्सरबारे जागरुकता बढाउन अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाईंदैछ ।स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने र यसको कारण, पहिचान, रोकथाम र उपचारको क्षेत्रमा अनुसन्धानका लागि आर्थिक श्रोत जुटाउने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिएको छ ।यो महिना भर गुलाबी रंगको लुगा लगाउने या गुलाबी रिबन झुण्डाउने गरिन्छ । स्तन क्यान्सर लागेका, उपचार गराईरहेका र उपचारपछि निको भएका महिलाहरुप्रति ऐक्यबद्धता जनाउन र उनीहरुलाई प्रोत्साहित गर्न तथा क्यान्सर विरुद्ध लड्न प्रेरित गर्ने उद्देश्यले महिनाभर सचेतनामूलक कार्यक्रम हुने क्यान्सर रोग विशेषज्ञ डा. सुशिला वैद्यले बताए ।स्तन क्यान्सरबाट जोगिनका लागि पूर्व सचेतनामा विशेष जोड दिईएको उनको भनाई छ । स्तनको आफै जाँच गर्ने या अस्पताल गएर नियमीत जाँच गराउने हो भने क्यान्सर जस्तो डरलाग्दो रोगबाट जोगिन सकिने डाक्टर वैद्यले सुझाव दिए ।उनका अनुसार स्तनमा गिर्खा भेटिए, आकार बढ्दै गए या दुईटाको आकार फरक परे तथा गिर्खा फेला नपरेपनि दुखेको छ भने तत्काल चिकित्सकलाई देखाउनुपर्छ । बिवाहीत या अविवाहीत महिलाले महिनावारी भएको ७ देखि १० दिन पछि आफैले स्तनको जाँच गर्ने, आकार बढे \ नबढेको या दुखे/नदुखेको ख्याल गर्नु स्तन क्यान्सरबाट जोगिने उत्तम उपाय भएको डाक्टर बैद्यले बताए ।यसबाहेक उमेर ४० वर्ष पूरा भएपछि वर्षको एकपल्ट स्तन जँचाउन तथा परिवारमा आमा, हजुरआमा तथा दिदीबहिनी कसैलाई भएको छ भने त्यो परिवारका सम्पूर्ण दिदिबहिनीले जँचाउन पर्ने उनले सुझाव दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार