विदेशी शैक्षिक मेलामा कडाइ

२०७० आश्विन १८ गते, शुक्रबार

काठमाण्डौं ,१८ असोज । नेपालमा शैक्षिक मेला तथा सेमिनार गर्ने र विद्यार्थी विदेशमा लैजाने क्रम बढेपछि त्यस्ता गतिविधिलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले शुल्क तिरेर स्वीकृति लिएपछि मात्र अनुमति दिने व्यवस्था गरेको छ । नेपाली आयोजकले एक पटकका लागि १० हजार र विदेशीले एक हजार डलर (करिब एक लाख रुपैयाँ ) शिक्षा मन्त्रालयमा बुझाएपछि मात्र स्वीकृति पाउने व्यवस्था गरिएको छ ।शिक्षा मन्त्रालयको छात्रवृद्धि शाखाले अनलाइनबाटै दर्ताको काम सुरु गरिसकेको छ । केही दिनमै भाषा शिक्षण गर्ने, शैक्षिक परामर्श दिने, कोचिङ तथा ट्युसन पढाउने संस्थालगायतलाई व्यवस्थित गर्न बनाएको नर्देशिकामा शुल्कको व्यवस्था गरी कार्यान्वयनमा ल्याउन लागिएको बताइएको छ ।निर्देशिका २०६८ मा तयार भए पनि शुल्कको विषय टुंगो नलाग्दा कार्यान्वयनमा आउन सकेको थिएन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार