बिद्यालयमा चिसो पेय पदार्थ प्रतिबन्धित गरिदै

२०७० आश्विन २३ गते, बुधबार

काठमाडौं,२३ असोज –कोकाकोला,फ्यान्टा र स्प्राइटजस्ता चिसो पेय पदार्थमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने तत्व बढन थालेको भन्दै नेपालका बिद्यालयहरुले आफ्नो हाताभित्र प्रतिबन्ध लगाउने गृहकार्य सूरु गरेका छन् । यस्ता पेय पदार्थले बिशेष गरेर बालबालिकाको विकाश वृत्ति अत्यन्त नकारात्मक असर परेको भन्दै बिद्यालयबाटै प्रतिवन्ध लगाउने निष्कर्षमा बिद्यालय संचलकहरु पुगेका हुन् ।
हिसानका अध्यक्ष उमेश श्रेष्ठले पेय पदार्थलाई बिद्यालयमा क्रमिकरुपमा नियन्त्रणमा गर्दै लैजाने तयारी भइरहेको बताए । बिद्यालय हाता तथा बिद्यालय नजिकका यस्ता हानिकारक पेय पदार्थलाई पुर्ण रुपमा प्रतिवन्ध लगाउनुपर्नेमा छलफल भइरहेको बताउँदै उनले चाढै बैकल्पिक व्यबस्थासहित यस्ता पेय पदार्थ पुर्ण रुपमा प्रतिबन्ध गरिने जनाए । ‘बालबालिकालाई शारिरिरुपमा असर पार्ने बस्तुलाई पुर्ण रुपमा नियन्त्रण गर्न सरकार र नीजि क्षेत्रबीच छलफल भइरेको छ । बिद्यालयमा पुर्ण रुपमा प्रतिबन्ध लगाउनका लागि यसको बिकल्पमा कस्तो खाजा दिन सकिन्छ भनेर सोचिरहेका छौ’अध्यक्ष श्रेष्ठले भने ।
आजको राजधानी दैनिक आफ्नो खबरको अगाडि लेख्छ–मनोबिज्ञहरुसमेत यस्ता पेय पदार्थले बिद्यार्थीको शारिरिक र मानसिक स्वास्थयमा असर पारिरहेको दाबी गर्छन् । बिद्यालय हाताभित्र निष्फिक्री बिक्रि बितरण भइरहेका यस्ता अखाद्य बस्तु मिसिएको पेय पदार्थ नियन्त्रणमा सरकारले चासो देखाउनुपर्ने बिज्ञहरुको सुझाब छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार