ताप्लेजुङबासी कानको समस्यावाट आजित
ताप्लेजुङ, कार्तिक १० । ताप्लेजुङका अधिकास व्यक्तिमा कानको समस्या देखिएको छ । जस मध्ये कानको जाली फुट्ने बढी रहेका छन् । जिल्लामा पहिलो पटक आयोजना गरिएको निशुल्क कान शिविरमा आउने विरामीहरुमा कानको जाली फुटेको र सानो आवाज नसुन्ने समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जसमा बालबालिकाहरुमा कानको जाली फुट्ने समस्या अझ बढी देखिएको हो । बल गरेर सिगान निकाल्दा, ठुलो आवाज बच्चाको छेउमा बजाउंदा उनीहरुमा यस्तो समस्या आएको चिकित्सकको भनाई छ । देउराली भित्रि सामुदायिक बन उपभोत्ता समुह हाङ्देवा ताप्लेजुङको आयोजनामा सञ्चालित पाँच दिने निशुल्क कान तथा श्रवण परिक्षण शिविरमा ७ सय ५० जनाले कान तथा श्रवण परिक्षण गराएका थिए । शिविरमा १३ लाख ६८ हजार बराबरको उपकरण र १ लाख ५० हजार बराबरको औषधी निशुल्क वितरण गरिएको थियो ।