चितवनमा डेङ्गुको सङ्क्रमण अत्यधिक

२०७० कार्तिक १८ गते, सोमबार

चितवन, १८ कात्तिक। चितवनमा डेङ्गुको सङ्क्रमण अत्यधिक बढ्दै गएको छ । चितवनमा कात्तिकको १६ दिनमा मात्रै ७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
गएको एक वर्षमा जम्मा ५२ जनामा डेङ्गु रोग लागेकामा अहिले कात्तिकको आधा महिनामै ७१ पुगेकाले सतर्क हुनुपर्ने बेला आएको चिकित्सकले बताएका छन् । एक हजार १ सय जनाको ज्वरोको परीक्षणमा यस्तो नतिजा आएको हो ।
गएको तीन महिनामा जम्मा ७९ जनामा देखिएको डेङ्गु सङ्क्रमण देखिएको थियो । चितवनमा साउनमा सात जनामा र भदौ महिनामा २० जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।
तर असोजमा एक्कासि बढेर ५२ जनामा सङ्क्रमण देखिएकामा अहिले कात्तिकको यो छोटो समयमै ७१ जनामा सङ्क्रमण देखिइसकेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले बताउनुभयो । साउनदेखि अहिलेसम्ममा १५० लाई रोग लागिसकेको छ । तीमध्ये कतिपय अहिले उपचाररत नै छन् ।
भरतपुर अस्पतालका चिकित्सक डा भोजराज अधिकारी सरकारी निकाय र स्थानीयले सतर्कता अपनाउन जरुरी भएको बताउनुभयो । सङ्क्रमणको दर बढ्दै जाँदा तिहारमा झन् समस्या निम्तन सक्ने चिकित्सकले बताएका छन् ।डेङ्गुको सङ्क्रमण जिल्लाको पनि मुख्य बजार क्षेत्रमा बढी देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।दसैँको समयमा वर्षा भएर पानी जमेको स्थानमा डेङ्गु सार्ने लामखुट्टे हुर्किएर सङ्क्रमण बढेको उहाँले बताउनुभयो । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने गर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार