मानिसको टाउको नै प्रत्यारोपणको तयारी

२०७० कार्तिक २३ गते, शनिबार


मानिसको शरीरका अंगहरू प्रत्यारोपण गरिएको सुन्नमा आउँछ । प्रायः मृगौला प्रत्यारोपण, मुटुमा भल्भ प्रत्यारोपण गरिन्छ । तर, चिकित्सा विज्ञानले अविश्वसनीय लाग्ने प्रत्यारोपण सम्भव बनाउने जमर्को गर्दैछ । हो, मानिसको टाउको नै प्रत्यारोपण गरिने तयारी भइरहेको छ । यसका लागि हेभन/जेमिनी कोड नामबाट एक परियोजना संचालित छ । जसले दर्ुइ वर्षभत्र स्पाइनल कोर्डसँग सम्बन्ध राख्ने गरी मानिसको टाउको प्रत्यारोपण गर्ने छ । गत जुनको र्सर्जिकल न्युरोलोजी इन्टरनेसनल जर्नलमा इटालीका स्नायु वैज्ञानिक डा. र्सर्गियो कानाभारोले यस परियोजनाको उद्धेश्य र कार्य प्रगति बारेमा जनाकारी दिनुभएको छ । उहाँका अनुसार मानिसको टाउको प्रत्यारोपण गर्न सय जना शल्यचिकित्सकले ३६ घण्टा समय लगाउने छन् र यसमा लगभग एक करोड २६ लाख अमेरिकी डलर लागत लाग्ने छ । सन् १९७० मा अमेरिकी न्युरोर्सज रोबर्टजोसेफ हृवाइटले एक बाँदरको टाउको अर्को बाँदरमा प्रत्यारोपण गर्नुभएको थियो तर उहाँले आवश्यक प्रविधिको अभावमा कैयौँ स्पाइनल कोर्डको मर्मत गर्नसक्नुभएन । जसले गर्दा बाँदरलाई पक्षघात भयो र केही दिनमै मर्यो । तर, कानाभारोले अहिलेको प्रविधिले त्यस समस्यालाई समाधान गर्ने विश्वास लिनुभएको छ । उहाँले यसअघिको एक अनुसन्धानमा वैज्ञानिकहरूले मुसाको स्पाइनल कोर्ड पुनः जोडेको बताउनु भएको छ । उहाँका अनुसार प्रत्यारोपणको सबै पक्ष ठिकठाक भएमा स्नायु कोषहरूले न्युरोन, माँशपेसी र ग्रन्थीहरूसँग संदेश आदान प्रदान गर्ने छन् ।
आफ्नो कार्यपत्रमा कानाभारोले उल्लेख गर्नुभएको छ- यस अभियानमा सबैभन्दा ठूलो समस्या भनेको दाता र ग्रहणकर्ताको स्पाइनल कोर्डलाई पुनः सर्म्पर्कमा ल्याउनु नै हो, मेरो विचारमा अहिलेको प्रविधिले यसलाई सम्भव बनाउने छ । मानिसको टाउको प्रत्यारोपण गर्दा ग्रहणकर्ता टाउकोलाई लगभग ४५ मिनेट सम्म १२ देखि १५ डिग्रि सेल्सियस तापक्रम हाइपोथर्मिया -चिसो) को अवस्थामा राखिने छ । जसलाई हेभन प्रोसेस भनिएको छ । त्यस अवधिमा कुनै पनि स्नायुतन्त्रमा क्षति नपुग्ने विश्वास गरिएको छ । जेमिनी प्रक्रियामा ग्रहणकर्ताको टाउकोलाई दाताको शरीरमा जोड्नु पहिले शल्यचिकित्सकले बटारिएको स्पाइनल कोर्डलाई निकै घारिलो चक्कुले काट्ने छन् । स्पाइनल कोर्डलाई कुनै क्षति नपुग्ने गरी काट्नु चुनौतीपूण् रहेको भनाइ कानाभारो छ । यति मात्र होइन माँशपेसी तन्त्रिका र हड्डीसँग जोडिएका माँशपेसीलाई पनि कुनै क्षति नपुग्ने गरी काटिएमा मात्र स्नायु कोर्डसँग तिनीहरूको सही सम्बन्ध स्थापित गर्नसकिने छ । कानाभारोका अनुसार उल्लेखित मोटोरन्युरोनल पुलका लागि अहिले प्रभावकारी प्रविधि उपलब्ध छ । जसले स्पाइनल कोर्डमा चोट लागेको उपचार गरिन्छ । अर्को महत्वपूण् कुरा मानिसको मस्तिष्क अक्सिजन विना एक घण्टा मात्र बाँच्न सक्ने भएकाले शल्यचिकित्सकले त्यस समयवधिमा दुवै टाउकोलाई शरीरबाट छुट्टयाएर एकअर्काको शरीरमा पुनः जोडेर रक्तसञ्चार प्रणालीलाई सक्रिय पार्नु पर्ने छ । तर, यस विस्मयकारी प्रत्यारोपणमा नैतिक र धार्मिक पक्षबाट प्रश्न उठ्ने खतरा रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार