नर्सहरु फेसबुकमा भुल्दा सुत्केरीको ज्यान गयो

२०७० मंसिर ५ गते, बुधबार

पोखरा, ५ मंसिर ।पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा प्रसुतीका लागि पुगेकी एक महिलाको अस्पतालमा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । मृतकका आफन्तले चिकित्सक र परिचारिकाको लापरवाहीको कारणले मृत्यु भएको आरोप लगाएका छन् ।प्रसुतीको लागि हिजो पुर्वान्ह साढे ११ बजे अस्पताल पुगेकी रौतहट निगाहापुर घर भई हाल सृजनाचोकमा बस्ने २७ वर्षिय कल्पना तिमिल्सिनाको मृत्यु भएको हो । लापरवाही भएको भन्दै आफन्तले शब उठाएका छ्र्रैनन भने घटनामा संलग्नलाई कडा कारवाही र क्षतिपूर्तिको मागसहित आस्पतालमा धर्ना दिईरहेका छन् । परिचारिकाहरु फेसबुक चलाएर बसेको र डाक्टरलाई बोलाई दिन आग्रह गर्दा गैर जिम्मेवार जवाफ दिएको मृतकका आफन्त मोतिराजले जानकारी दिए । उनले भने–‘फेसबुकमा व्यस्त नर्सहरुले हामीले पाउने हो बच्चा भन्दै बेवस्ता गरे ।’
मृतकका आफन्तले गण्डकी अस्पतालमा महिनौ जसो यस्तो लापरवाहीका घटना हुने गरेको भन्दै कडा कारवाहीको माग गरेका छन् । मृतक तिमिल्सिनाका श्रीमान र आठ वर्षिया एक छोरी छिन् ।तर अस्पतालले भने तिमिल्सिनाको मृत्यूमा चिकित्सकको कुनै दोष नरहेको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बुद्धिबहादुर थापाले कहिलेकाहिं यस्ता अपवादका घटना चिकित्सकीय उपचारका क्रममा हुने भन्दै यसलाई नउचाल्न आग्रह गरेका छन् । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबिच बार्ता शुरु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार