एसएसली परीक्षा चैत ६ देखि

२०७० मंसिर १४ गते, शुक्रबार

काठमाण्डौं , १४ मंसिर। यस वर्षको एसएलसी परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा नियन्त्रणको कार्यालय सानो ठिमीको बिहीबार बसेको बैठकले चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । गत बर्ष भने चैत १ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।
यो वर्ष चैत १ गते शनिबार र २, ३ गते फागुपूणिर्मा परेका कारण परीक्षा मिति पछि सारिएको परीक्षा नियन्त्रण कार्यालयका प्रवक्ता एवं उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।परीक्षा नियन्त्रणको कार्यालयले परीक्षालाई व्यवस्थित बनाउन नयाँ योजना ल्याउने तयारी गरेको छ । यो बर्ष ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने कार्यालयको अनुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार