आज विश्व एड्स दिवस , जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै

२०७० मंसिर १६ गते, आईतवार

काठमाडौं, १६ मंसिर – एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔं भन्ने नाराका साथ आज विश्व एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।एचआईभी र एड्सको प्रभावकारी रोकथाम, उपचार हेरचाह र सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउन र जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिएको छ । एड्स आफैँमा रोग होइन ।
एक किसिमको भाइरसको संक्रमण बढ्दै जाँदा यसले एड्सको स्वरुप लिन्छ । एचआइभी संक्रमण एड्सको अवस्थामा पुग्न व्यक्तिको शारीरिक अवस्था हेरी दुई देखि १५ वर्ष लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।शरीरका भित्री तरल पदार्थबाट सर्ने भएकाले संक्रमितसँगको यौन सम्पर्क, संक्रमित सुईको प्रयोग र स्तनपानको माध्यमबाट बच्चामा सर्दै जान्छ । एचआइभी भाइरस शरीरमा फैलिए रोगसँग लड्ने क्षमता समाप्त हुन्छ ।
स्वस्थ जीवनशैली अपनाए बिना कुनै उपचार पनि संक्रमित औसतमा १० वर्षसम्म बाँच्न सक्ने विज्ञहरुले बताएका छन् । सुरुमा कुनै लक्षण नदेखिने र विस्तारै रुघाखोकी लाग्ने, टाउको दुख्ने, तौल घट्दै जानु, झाडापखाला लाग्नु बारम्बार ज्वरो आउनु, घाउ खटिरा आउनु, थकाई लाग्नु, भोक नलाग्नु, ग्रन्थी सुन्निनु जस्ता समस्या बढ्दै जान्छ ।
एचआईभी संक्रमणको कुनै निदान नभएपनि प्रभावकारी उपचार प्रणाली अपनाउने हो भने स्वस्थ जीवनयापन गर्न सकिने चिकित्सकहरुले बताएका छन् । एचआइभी संक्रमितका लागि एन्टीरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि दिने गरिएको छ ।
नेपालमा अहिले संक्रमितको संख्या ४८ हजार ६ सय ४८ रहेको अनुमान छ । नेपालमा पछिल्लो समय एचआइभी एड्सका नयाँ संक्रमितको संख्या घट्दै गएपनि अझै पनि संक्रमितहरु सार्वजनिक नहुँदा उपचारमा समस्या भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
नेपालमा ४४ केन्द्रमार्फत संक्रमितलाई एन्टी रेक्ट्रोभाइरल उपचार दिँइदै आएको छ । एचआइभी एड्स सम्बन्धि राष्ट्रिय रणनीतिले सन् २०१६ सम्म नयाँ संक्रमणदर ५० प्रतिशत, मृत्युदर २५ र नवजात शिशुमा हुने संक्रमण ९० प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
तर संक्रमित गर्भवती आमाबाट शिशुमा सर्ने दरलाई घटाउनु चुनौतीपूर्ण रहेको चिकित्सकहरु बताउँछन् । संक्रमित आमाबाट बच्चामा हुने जोखिम कम गर्न ६२ वटा केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार