मुटुरोगबाट बच्ने भए …..
काठमाडौ, १८ मंसिर ।विश्व स्वास्थ सङ्गठन अनुसार हरेक वर्ष करिब १.७१ करोड मानिसले रक्त सञ्चारसँग सम्बन्धित रोगका कारणले ज्यान गुमाउने गर्दछन् । अतः रोग लागेर पछुताउनु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी ठहरिन्छ । त्यसकारण मुटुरोग लागेर आˆनो सुन्दर जीवनलाई बिगार्नुभन्दा अगावै सतर्कता अपनाएर आफूलाई यसबाट टाढा राख्न सक्नुपर्दछ ।
मुटुरोग रोगबाट टाढा रहने केही उपायः
स्वस्थकर खाना- मुटुको लागि उपयुक्त खाना भनेको भिटामिन सी धेरै भएको, सोडियम , कोलेस्टेरोल र बोसोको मात्रा कम भएको खाना हो । यस्ता खाना भनेको ताजा फलफुल, हरिया सागपात, तरकारी, गहुँ, कोदो, आदि हुन् । कोलेस्टेरोल, लो डेन्सिटी लिपिडरहित खाना खानाले रगतमा रहेको कोलेस्टेरोलको मात्रा कम हुन्छ । नुन र सोडियमरहित खाना खानाले उच्च रक्तचापलाई न्यूनीकरण गर्न सकिन्छ । खानामा ध्यान दिन सकियो भने मुटुरोग लाग्ने सम्भावनालाई धेरै मात्रासम्म कम गर्न सकिन्छ ।
मोटोपना हुन नदिने- मोटोपनाले मुटुरोगको सम्भावनालाई बढाउँदछ । तसर्थ, आˆनो वजनलाई नियन्त्रणमा राख्नु जरुरी हुन्छ । यसका निम्ति आˆनो ‘बडी-मास इन्डेक्स’ समय समयमा नाप्नु पर्दछ र मोटोपना बढ्दै गएको पाइएमा त्यसलाई कम गर्नपट्ट िलाग्नु पर्दछ ।
नियमित व्यायाम- नियमित व्यायाम गर्नाले तपाइको वजन, कोलेस्टेरोलको मात्रा र रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत पुग्दछ ।
धुमपान त्याग्ने- धुमपान गर्नुहुन्छ भने त्याग्नुहोस् र गर्नु हुन्न भने कहिल्यै सुरु नगर्नुहोस् ।
मद्यपानको कुलतबाट बच्ने- कुनै कुनै मुटुरोगको लक्षण अस्पष्ट हुने गर्दछ । यसकारण सबैलै आˆनो रक्तचाप, कोलेस्टेरोलको मात्रा कम्तीमा पाँच वर्षमा एक पटक नियमित तवरले जँचाइ राख्नु पर्दछ । अझ मधुमेह भएका बिरामीहरूले विशेष ध्यान राख्नु पर्दछ