थाइरोइडबाट बच्ने भए ….
काठमाडौँ । थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फर्ेन नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यसलाई गलगाँड भनिन्छ । यो गन्थीको काम थाइरोइड हर्मन उत्पादन गर्नु हो । यो हर्मन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ । यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ । शरीरका लागि यो अत्यावश्यक हर्मन हो । थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्थित हुन्छ । उक्त ग्रन्थिले थाइराइड हार्मन उत्पन्न गर्छ जसले हामीले खाएको पौष्टिक तत्वलाई जीनतत्वमा रुपान्तरण गर्छ थाइराइड हार्मनले शारीरीक शक्ति नियमन गर्न अरु हार्मन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरुलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूण् काम गर्छ थाइराइड ग्रन्थिको कार्यक्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा -अनावश्यक रुपमा) हार्मनको उत्पादन हुन्छ -हाइपरथाइराइडिज्म) कि अत्यन्त न्यून मात्रामा हार्मन उत्पादन हुन्छ -हाइपोथाइराइडिज्म) । यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । मष्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्टिमुलेटिड हार्मन -टीएसएच) उत्पन्न हुन्छ । उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परभ्रिमण गरेर टी-३ तथा टी-४ हार्मोनहरु उत्पादन गर्न उत्प्रेरकको काम गर्छ थाइराइड ग्रन्थिलाई टी-३ तथा टी-४ हार्मोनहरु उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ ।
महिला वंशाणुगत इतिहास रोग प्रतिरोधात्मक क्षमतामा ह्रास धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरु ‘हाइपरथाइराइडिज्म’ हुनसक्ने जोखिम समूहमा पर्छ । प्रौढ उमेर, महिला, वंशाणुगत इतिहास, पहिले थाइराइडसम्बन्धी रोग भएका -गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा), दीघरोगीहरु जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्ने ‘हाइपोथाइराइडिज्म’को जोखिम समूहमा पर्छन् । ६० वर्षन्दा बढीका करबि २० प्रतिशत महिलालाई यो रोगका केही लक्षणहरु देखिन्छन्, तीमध्ये प्रतिवर्ष२-५ प्रतिशत महिलालाई यो रोग लाग्छ ।
बिरामीको इतिहास, शारीरकि परीक्षण -आँखा, छाला, मुटु, स्नायु प्रणाली, थाइराइड ग्रन्थि), थाइराइड अल्ट्रासाउन्ड, वायोप्सी, सीटीस्क्यान, प्रतिजैविक परीक्षण आदि विविध परीक्षणहरुभन्दा रक्त परीक्षणबाट यो रोगको निदान हुन्छ । रक्त परीक्षणमा यदि टी-३, टी-४ बढेमा र टीएसएच घटेमा हाइपोथाइराइडिज्म पत्ता लाग्छ । त्यस्तै, यदि टी-३ र टी-४ घटेमा तथा टीएसएच बढेमा हाइपोथाइराइडिज्मको निदान हुन्छ । स्वस्थ व्यक्तिमा ती हार्मोनहरु घटबढ नभई सामान्य मात्रामा हुन्छन् । समयमै रोगको निदान गरेर उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासि बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामी मृत्युको सम्भावना ५० प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा असर गर्छ थाइराइड ग्रन्थिमा विषाक्त प्रभाव पर्छ उच्च रक्तचाप, छाती दुख्ने, छिटो र अनियमित मुटुको धड्कन हुने, सास फर्ेनगाह्रो हुने, पेट दुख्ने, वान्ता हुने, बढी उत्तेजित वा चिटचिटाहट, रिंगटा, हृदयाघात तथा चेतना हराएर कोमामा जाने आकस्मिक अवस्था हुन्छ । त्यस्तै, समयमा निदान एवं उपचार नगरेमा हाइपोथाइराइडिज्मले मस्तिष्कमा गम्भीर असर गर्छ आन्द्रामा अवरुद्धता हुने, मुटुको धड्कन अनियमित हुने, संक्रमण, फोक्सो र मुटुमा पानी जम्ने, सोच्ने शक्ति हराउने, पागलपन, कोलेस्ट्रोल बढेर हृदयाघात, पक्षघात, निन्द्रामा श्वासप्रश्वास रोकिने, बिर्सेलगायतका मस्तिष्कका रोगहरु लाग्छन् ।
परीक्षणपश्चात थाइराइड ग्रन्थिको रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार लामो समयसम्म उपचार एवं नियमित रुपमा रक्त परीक्षण गर्नुपर्छ चिकित्सा विज्ञानले रेडियोएक्टिभ, आयोडिन तथा एन्टी थाइराइड औषधि र शल्यक्रिया -हाइपरथाइराइडिज्मका लागि) र थाइराइड हार्मोन चक्की -हाइपोथाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हार्मोनहरुको प्रभावकारी आविष्कार गरेको छ । यी औषधीहरु र्सवत्र उपलब्ध छन् । यसका साथै आवश्यकता अनुसार विशेष उपचार तथा लाक्षणिक उपचार पनि गरिन्छ ।
यस्तो प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय-समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गर्ने रोग भएमा समयमै उपचार गर्नु हो । त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, अनावश्यक रुपमा एक्सरे, सीटीस्क्यान आदि पटक-पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोट नखाने एवं स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ एकातर्फहाम्रा दुगबासी ढिके नुन खान बाध्य छन् भने अर्कोतर्फयो रोग परीक्षणको ग्रामीण तथा दुगम क्षेत्रमा विस्तार नभएकाले, जनचेतना न्यून भएकाले एवं सरकारी प्राथमिकतामा नपरेको हुँदा लाखौँ नेपालीले आफ्नो रोग थाहै नपाई मृत्युवरण गर्नुपर्ने विडम्बना छ ।