टेलिमेडिसिन सेवा बन्द

२०७० पुष ५ गते, शुक्रबार


काठमाडौं, ५ पुस । सल्यान जिल्ला अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवा तीन महिना नबित्दै बन्द भएको छ ।बढ्दै गएको विद्युत्भार कटौती र इन्टरनेटको गतिको कारण सेवा ठप्प भएपछि काठमाडौंका रोग विशेषज्ञसँग कम्प्युटरमा प्रत्यक्ष कुराकानी गर्न मिल्ने सेवाबाट बिरामीहरु अहिले वञ्चित हुन परेका छन् ।
रोग विशेषज्ञसँग बिरामीलाई बिहान प्रत्यक्ष कुराकानी गराउने व्यवस्था गरे पनि दिनमा तीनपटक विद्युतभार कटौती हुन थालेपछि सेवा बन्द भएको हो ।
अस्पतालमा जेनेरेटर भए पनि लामो समय कुराकानी गर्नुपर्ने हँुदा खर्च बढी लाग्ने भएकाले पनि प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य प्रमुख डा.रामराज पन्थीले बताए ।जिल्ला अस्पतालमा आएका बिरामीलाई राखेर काठमाडौंमा बसेका रोग विशेषज्ञहरुसँग कुराकानी गराई उपचार गराउने उद्देश्यका साथ सञ्चालन गरे पनि सोचेअनुसार सेवा दिन नसकेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार