अब निमोनियाको खोप निःशुल्क
काठमाडौँ । एक वर्षुनिका बालबालिकालाई लगाउनर्ुपर्ने निमोकोकस खोप वर्षेखि निःशुल्क हुने भएको छ । बिगत तीन वर्षघि नै विशेषज्ञहरूले सो खोप उपलब्ध गराउन सरकारलाई सुझाव दिएपनि हाल आएर मात्र कार्यान्वयन भएको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाअर्न्तर्गतको खोप शाखा प्रमुख डा. श्यामराज उप्रेतीका अनुसार सरकारले सन् २०१४ देखि सो खोप जन्मेदेखि एक वर्षम्मका सबै बालबालिकालाई दिने तयारी गरेको छ । हालसम्म सरकारले सो खोप उपलब्ध गराउन नसक्दा गरिब समुदायका बालबालिका निमोकोकस खोप लगाउनबाट वञ्चित हुने गरेका छन् । सो खोपको एक मात्रा लगाउँदा निजी स्वास्थ्य संस्थाहरूले ५ देखि ६ हजार रूपैयाँसम्म लिने गरेका छन् । सो खोप सबै बालबालिकाले लगाउनुपर्ने भएपनि महँगो शुल्क तिर्नसक्नेले निजी तवरबाट मात्र लगाउँदै आएको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा.गणेशकुमार र्राई बताउँछन् । ‘केटाकेटीलाई निमोनियाबाट जोगाउन अनिवार्य निमोकोकस खोप लगाउनुपर्छ तर महँगो हुने हुँदा धनी वर्गका मानिसले मात्र आफ्नो छोराछोरीलाई लगाउने गरेका छन्,’ उनले भने । सरकाले निःशुल्क रूपमा सो खोप उपलब्ध गराउने कुरा सकारात्मक भएको उनले बताए । निमोकोकस खोप लगाइए बालबालिकामा ३० देखि ४० प्रतिशत निमोनिया हुने सम्भावना कम हुने उनको दाबी छ ।
निमोकोकस एन्फ्लुएन्जाबाट हुने निमोनियाविरुद्ध लगाइने सो खोप हाल निजी स्वास्थ्य संस्थाहरूले प्रतिखोप ६ हजार रूपैयाँसम्म लिने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षेखि लागू गर्न गरी सो खोप ल्याउने तयारी पूरा गरेको उप्रेतीले राजधानीलाई बताए । उनका अनुसार खोप ल्याउन स्वास्थ्य मन्त्रालयको ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनसँग सहकार्य भइसकेको छ । प्रतिडोज ७ डलर पर्न सो खोपको नेपाल सरकारले २० सेन्ट तिर्ने सम्झौता भएको छ । एक वर्षुनिका बच्चालाई दिइने सो खोप तीन पटक लगाउने तयारी भइरहेको उनले राजधानीलाई बताए । जसले गर्दा एक वर्षुनिका ६ लाख २८ हजार बालबालिका निमोनियाको जोखिमबाट मुक्त हुने उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले प्रि-क्वालिफाइ गरेको सो खोप भारतलगायत विकसित मुलुकहरूमा धेरै पहिलेदेखि दिँदै आइएको छ । नेपालमा प्रत्येक वर्षनिमोनियाका कारण पाँच वर्षुनिका ५८ सय बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
तीमध्ये दादुरा, लहरेखोकी, हिमोफोलस इन्फ्लोइन्जा, निमोकोकस इन्फ्लोइन्जा प्रमुख रहेको डा. उप्रेती बताउँछन् । अन्य रोगहरूविरुद्ध दिइने खोप सरकारले पहिले नै उपलब्ध गराए पनि निमोकोकस खोप भने सरकारले आगामी आर्थिक वर्षेखि मात्र लागू गर्न लागेको हो । यो खोप पाँच वर्षुनिका बालबालिकालाई लगाउनुपर्ने भएपनि हाललाई एक वर्षुनिका बालबालिकालाई मात्र लगाउने तयारी भएको महाशाखाले जनाएको छ । ‘तीन पटक दिएको खोपले ७२ देखि ७४ प्रतिशतसम्म निमोकोकस इन्फ्लोइन्जाबाट हुने निमोनिया रोकथाम हुनेछ,’ डा. उप्रेतीले भने ।