बाल सघन उपचार केन्द्रको उद् घाटन

२०७० पुष १४ गते, आईतवार


भक्तपुर, पुस १४ – सिद्धि स्मृति प्रतिष्ठानले संचालन गरेको सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा बाल सघन उपचार केन्द्रको समाज कल्याण परिषद्का सदस्य सचिव रबिन्द्र कुमार, टर्कीको महामहिम महावाणिज्यदूत प्रो. डा. फतिमा गुल्सेन माल्कोज र टर्कीका प्रतिनिधी बुराक सुरितरर्लीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।टर्की सरकारको ३० हजार डलर अर्थात करिब ३० लाखको आर्थिक सहयोगमा अस्पतालमा स्थापना गरिएको भेण्टिलेटर सहितको चार शैयाको बाल सघन उपचार केन्द्रको उद्घाटन गरिएको हो । साथै टर्कीले अस्पताललाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा उद्घाटन पछि समाज कल्याण परिषद्का सदस्य सचिव रबिन्द्र कुमारले नेपालमा संचालित स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाले धेरै नै सामाजिक कार्यक्रमहरु संचालन गरेपनि सिद्धिस्मृति प्रतिष्ठानले गरेको कार्य अनुकरणीय रहेको बताए ।कार्यक्रममा महामहिम माल्कोज र टर्कीका प्रतिनिधी बुराकले सामाविक कार्यमा टर्कीले नेपाललाई सघाउँदै आएको चर्चा गर्दै नेपाल र टर्कीको सम्बन्ध सुदृढ भएकाले एकअर्काको सहयोगात्मक रुपमा कार्य गरेको बताए ।
त्यसअवसरमा नेपाल टर्की उद्योग वाणिज्य संघका अध्यक्ष अखिल चापागाईँले नेपाल र टर्कीबिचको सम्बन्ध बिस्तार भएको लामो समय नभएको चर्चा गर्दै विगत ६ वर्षदेखि संघले नेपाल र टर्कीको व्यापारीहरु आदान प्रदान गरेर व्यापार समेत बिस्तार गर्दै आएको बताए ।
अस्पतालका मेडिकल अफिसर डा. लोकराज पनेरु लगायतले सिद्धि स्मृति अस्पतालले बालबालिका र महिला स्वास्थ्य सेवामा अस्पतालले उल्लेखनीय योगदान दिदै आएको चर्चा गर्नुभयो । अस्पतालका प्रमुख एवं प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले अस्पतालले गतवर्षको जनवरी १ मै नवजात शिशु सघन कक्ष संचालनमा ल्याएको र यसवर्ष फेरी बाल सघन उपचार केन्द्र पनि संचालनमा ल्याएको धौभडेलले बताए ।उद्घाटन भएको केन्द्रमा एकजना चिकित्सक, एक जना बिशेषज्ञ चिकित्सक, नौ जना स्टाफ नर्स, ४ जना परिचारिका सहितको जनशक्ति रहने यस केन्द्रमा मासिक २० लाख रुपैया खर्च हुने उनले बताए ।
हाल ५० शैयामा संचालन भईरहेको अस्पतालमा भक्तपुरदेखि काभ्रेसम्मका महिला तथा बालबालिकाको उपचार गरिदै आएको यस अस्पताल गरिब बिरामीको गन्तव्य बन्दै आएको छ । भक्तपुरका बालबालिकाले अन्य जिल्लामा गएर उपचार गर्न नपरोस, तत्काल उपचार नपाएरु कोही बच्चाले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले दुर्घटनामा परेको आफ्नो एकमात्र छोरा सिद्धि धौभडेलको तत्काल उपचार नपाउँदा उपचारको अभावमा मृत्यु भएपछि छोराकै स्मृतिमा धौभडेलले प्रतिष्ठानको गठन गरि सुरु भएको अस्पताल अहिलेसम्म विदेशी दाताको सहयोगमा संचालन भईरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार