निजी अस्पतालले १० प्रतिशत शैय्या सित्तैमा दिनुपर्ने

२०७० पुष २१ गते, आईतवार


काठमाडौं । अब निजी अस्पतालले पनि विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दश प्रतिशत छुुट्टयाई नि:शुल्क उपचार गर्नुपर्ने भएको छ ।
निजी स्वास्थ्य संस्थाले नि:शुल्क सेवा उपलब्ध गराएकोबारे अभिलेख राखी जिल्ला स्वास्थ्यरजनस्वास्थ्य कार्यालयमा नियमित पठाउनुपर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०’ मा उक्त उल्लेख छ । निर्देशिकाअनुसार पचास शय्या वा त्यसभन्दा बढी क्षमताका अस्पतालमा ज्येष्ठ नागरिकलाई विशेष किसिमको सुविधाको व्यवस्था हुनुपर्नेछ ।
उनीहरका लागि आवश्यक मात्रामा शैय्यासमेत छुट्टयाउनुपर्ने छ । अस्पतालले कुल शैय्या क्षमताको न्यूनतम दश प्रतिशतका दरले आकस्मिक कक्षमा शैय्या उपलब्ध गराउनुपर्ने छ ।
निर्देशिकाअनुसार स्वास्थ्य संस्थामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डबमोजिम संक्रमण नियन्त्रणको व्यवस्था हुनुका साथै यसको नियमित र प्रभावकारी अनुगमन गर्नुपर्ने छ । अस्पतालहरले दक्ष जनशक्तिद्वारा चौबीसै घन्टा आकस्मिक सेवासमेत दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार