त्रिवि सेमेस्टर प्रणालीका लागि विश्व बैंकको सहयोग

२०७० पुष २४ गते, बुधबार

काठमाडौँ,२४ पुस । त्रिभुवन विश्वविद्यालयमा पुनः सेमेस्टर प्रणाली लागू गर्न दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत विश्व बैंकले पहिलो चरणमा करिब १५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।पहिलो चरणमा यसै वर्षबाट विश्वविद्यालयको केन्द्रीय विभाग, कीर्तिपुरमा सञ्चालन हुने विभिन्न सङ्कायका स्नातकोत्तर तहमा यो प्रणाली लागू हुँदैछ । विश्वविद्यालय शिक्षालाई सुधार्न सञ्चालन हुने यस कार्यक्रममा लागि विज्ञान सङ्कायका लागि प्रत्येक विभागलाई ४८ लाख ७५ हजार रुपैयाँ तथा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको विभागका लागि १६ लाख १५ हजार रुपयाँ परियोजनाले दिनेछ । हाल त्रिविमा ३८ विषयका केन्द्रीय विभाग छन् ।परियोजनाका संयोजक शङ्करप्रसाद भण्डारीले त्रिविको हालको शिक्षामा सामयिक सुधार गर्न यो प्रणाली सहयोगी हुने बताए । विश्वविद्यालय परिसर कीर्तिपुरमा रहेका सबै विषयको केन्द्रीय विभागमा भर्ना भएका विद्यार्थीलाई सेमेस्टर प्रणालीबाट पढाइने शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले जानकारी दिए ।विश्वविद्यालयले २०३० देखि २०३७ सालसम्म सेमेस्टर प्रणाली लागू गरी स्थगित गरेको थियो । यसैबीच, त्रिवि केन्द्रीय विभागहरूमा मात्र सेमेस्टर प्रणाली लागू गर्नु र त्रिविअन्तर्गतकै अन्य आङ्गिक क्याम्पसहरूमा वार्षिक परीक्षा प्रणाली लागू गरी दोहोरो व्यवस्था गर्नु उपयुक्त नहुने भन्दै प्राज्ञिक बहस पनि सुरु भएको छ । रसस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार