अस्पतालबाट शिशु गायब भएपछि….

२०७० माघ २ गते, बिहीबार


काठमाडौ, २ माघ। बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट एक नावालक शिशु हराएपछि आमा र आफन्तको विचल्ली भएको छ । उनिहरुले आफ्नो बच्चा खोजिदिन प्रहरी कार्यालय धाउंदा समेत सफल हुन सकेको छैन । आठ दिनको शिशु नाटकी ढंगले गायब भएपछि अस्पतालमा खैलावैला भएको हो ।
कपिलवस्तु विरपुर गाविस वडा नं. ६ कुंहरवेटवा की ३२ वर्र्षिया राममती हरिजनको आठ दिनको नवजात छोरा लिएर एक महिला गायव भएकी हुन् । बच्चा जन्माउंदा अप्रेशन गरेको स्थानमा लगाएको टांका काट्न श्रीमान् परमात्मासंग अस्पताल आएकी राममतीले अपरिचित महिलालाई बच्चा समात्न दिन क्रममा उनको बच्चा गायब भएको हो ।
श्रीमान् शौचालय गएको बेला आफन्त जस्तो व्यवहार देखाएपछि राममतिले ती महिलालाई आफु पालो कतिवेला आउला भनि सोध्न जांँदा बच्चा समाउन दिएको बताईन् । उनि फर्किएको पांच मिनेट नवित्दै बच्चा र महिला गायव भएको बुझिएको छ ।
हरिजनले यहि पुष २३ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा छोरा जन्माएकी थिईन् । विहे भएको १७ बर्षपछि हरिजन परिवारले नयां सन्तानको रुपमा छोरा पाएको थियो ।उता, प्रहरीले बच्चा तथा महिला दुवैको खोजी गरपनि केहि जानकारी हुन नसकेको जनाएको छ । अस्पताल प्रशासनले भने यो विषयमा आफुहरुको कुनै भुमिका नहुने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार