मधुमेहबाट बच्ने भए….

२०७० माघ ४ गते, शनिबार


काठमाडौँ । खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ । यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरूसँग जोडिएको छ । अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खानपान र दैनिक गतिविधिमा थोरै परिर्वन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लिनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वन आवश्यक छैन, सानो परिवर्तन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण एसियाका मानिसहरूको संस्कृतिलाई केन्द्रित गरेर पहिलो पटक यो अध्ययन गरिएको बीबीसीले जनाएको छ । यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परीक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ । शोधकर्ताहरूका अनुसार खानपान र कसरतसँग जोडिएको गतिविधिमा परिवर्तन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूण् भूमिका खेलेको छ । दक्षिण एसियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व दिइन्छ । दक्षिण एसियाका मानिसहरू कम उमेरमै मोटोपनसँग सम्वन्धित समस्यामा पर्ने खतरामा छन् । पाकिस्तान र भारतीयमा टाइट टु डाइबिटीज हुने सम्भावना अन्य एसियालीमा भन्दा बढी हुने पाइएको छ । जव कि वजन र लम्बाइको अनुपात अन्य मूलका मानिसको जस्तै हुन्छ । तीन वर्षम्म चलेको यो अध्ययनमा स्कटल्याण्डमा बस्ने पाकिस्तानी र भारतीय मूलका १ सय ७१ मानिसलाई समावेश गरिएको थियो । जसलाई पहिले नै डाइबिटीज हुने आशंका बढी थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार