साबधान, घुर्नेसँगै सुत्नेलाई पनि खतरा

२०७० माघ ५ गते, आईतवार

काठमाडौँ । कतिपय मानिस सुत्दा घुर्ने गर्दछन । विवाहपछिको दिनमा पति वा पत्नीले सुत्ने बेला घुदा प्रायः अर्काको निन्द्रा खल्बलिने गर्छ । घुर्ने व्यक्तिलाई स्वास्थ्यमा समस्या आइपर्ने खतरा अनुसन्धानहरूबाट स्पष्ट पारिसकिएको छ । तर घुर्ने व्यक्तिले आफ्नो स्वास्थ्य त विगार्छ नै सँगै सुतेको व्यक्तिलाई पनि खतरामा पार्ने अनुसन्धानबाट खुलस्त भएको छ । घुर्ने र ऊ सँगै सुत्ने व्यक्तिलाई रक्तसञ्चारजन्य रोगको जोखिम हुने नयाँ अनुसन्धानको निष्कर्षछ । धूमपान गर्ने र धूमपान गर्ने व्यक्तिको नजिक बस्ने दुवै जनालाई जसरी स्वास्थ्यमा विभिन्न खतरा बढ्छ त्यसरी नै निन्द्रामा घुर्ने र सँगै सुत्ने व्यक्तिलाई समानान्तर रूपमा खतरामा रहन्छन् । इटालीको नेपल्समा रहेको फेडेरिको द्वितीय विश्वविद्यालयले एक दशकसम्म विश्वका विभिन्न स्थानका १३ लाख भन्दा बढी मानिसमा गरेको अनुसन्धानको आधारमा निन्द्रामा घर्ुर्ने र ऊ सँगै सुत्ने व्यक्तिको स्वास्थ्यमा त्यसको प्रभाव पर्ने निष्कर्षनिकालेको छ । अनुसन्धानको प्रतिवेदनमा जनाइए अनुसार अपर्याप्त निन्द्रा र असायमिक मृत्युबीच सम्बन्ध रहेको हुन्छ । सन् २०१० मा गरिएको एक अनुसन्धानमा मृत्युमा छोटो अवधिको निन्द्राको भूमिका बारेमा महत्वपूण्ाखोज गरिएको थियो । त्यसको निष्कर्षनुसार राति ६ घण्टाभन्दा कम निदाउने व्यक्ति १४ वर्षभत्र मर्ने सम्भावना चार गुणा बढ्छ । यति मात्र होइन अपर्याप्त निन्द्राले ड्रि्रेसन, बेचौनी, आलस्यता, स्मरण ह्रास लगायतका समस्या पनि निम्त्याउँछ । शरीरमा इन्फ्लामेसन भएर व्यक्ति निदाएको बेला घुर्ने बताइएको छ । एलर्जी, स्वास्थ्य विकार र विशेष आहाराको कारणले इन्फ्लामेसन हुने र वास्तविक कारण पत्ता लगे घुर्ने बानी हटाउन सकिने अनुसन्धानपत्रमा उल्लेख गरिएको छ । विशेषगरी एलर्जीले गर्दा व्यक्ति निदाएको बेला घुर्ने गर्छ । कुकुर, फूलको परागकण वा कुनै विशेष वस्तुले एलर्जी उत्पन्न हुन्छ । एलर्जीको अवस्थामा सेता रक्तकोष नाकमा अधिक सक्रिय बन्छन् र इन्फ्लामेसन उत्पन्न भई मांशपेसीलाई कमजोर पार्छ । एलर्जीले विकार उत्पन्न भएको होइन भने तपाईंले आफ्नो आहारामा विचार पुर्याउनु पर्छ । विशेषगरी असन्तुलित आहाराले इन्फ्लामेसन उत्पन्न गर्छ । केही अनुसन्धानले त घुर्ने व्यक्तिलाई गीत गाउने सल्लाह दिएका छन् । दर्ुइ हप्तासम्म दिनहुँ पाँच मिनेट गीत गाएमा घाँटीको मांशपेसीको राम्रोसँग अभ्यास हुने भएकाले सकारात्मक नतिजा आउने जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार