अभिभावकका लागि पुस्तक ‘विद्यार्थीका लागि ए टु जेड खुराक’,

२०७० माघ १३ गते, सोमबार


पढ्न हौसला र प्रेरणा जगाउने विद्यार्थी, शिक्षक र अभिभावकका लागि उपयोगी पुस्तक ‘विद्यार्थीका लागि ए टु जेड खुराक’ प्रकाशित
लामो समयदेखि नेपाली छापा माध्यमहरुमा स्तम्भ लेख्दै आएका मकवानपुर बज्रवाराहीका रामजी बलामीले विद्यार्थीवर्गहरुका लागि हौसला र प्रेरणा जगाउने पुस्तक ‘विद्यार्थीका लागि ए टु जेड खुराक’, -उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई टिप्स) नामक पुस्तक प्रकाशनमा ल्याएको छ ।
विद्यार्थीले कसरी पढ्ने – परीक्षाको तयारी कसरी गर्ने – राम्रो अंक कसरी ल्याउने – परीक्षा दिने बेलामा के के कुरामा ध्यान दिने – विद्यार्थीले राम्रो अंक ल्याउन अभिभावकले के कस्तो कुरामा ध्यान दिनुपर्छ – व्यवहारिक शिक्षा के हो – व्यक्तित्व विकासका लागि आवश्यक गुणहरु के के हुन – शिक्षक, विद्यार्थी र अभिभावकको सम्वन्ध कस्तो हुनर्ुपर्छ – इत्यादि प्रश्नसँगै परीक्षा दिइरहँदा र अध्ययन गरिरहँदा के कस्तो कुराहरुमा ध्यान दिने भन्ने विषयमा पुस्तकमा पढ्न पाइन्छ । माथि उल्लेखित प्रश्नहरुको उत्तर एबीसी देखि जेडसम्म र क, ख देखि ज्ञ सम्मका अक्षरहरुको बर्ण्र गरी स्पष्ट पारेका छन ।
पुस्तक विद्यार्थीवर्गलाई लक्षित गरि लेखिएको भएता पनि यसमा व्यवहारिक, नैतिक, सामाजिक ज्ञानका कुराहरु पनि समावेश भएको हुँदा केही सिक्न चाहने सवैका लागि उपयोगी छ । विशेषतः एसएलसी तहका विद्यार्थी र अभिभावकका लागि पनि यो पुस्तक उपयोगी हुनेछ । व्यक्तित्व विकासका लागि पनि मध्यनजर गरि लेखिएको हुँदा पुस्तक हरेकका लागि उपयोगी छ । विद्यार्थीलाई पढ्न उत्सुक बनाउने उद्देश्यले लेखिएको यो पुस्तकमा मौलिक प्रयोग गरिएको छ । सहज, सरल र सामान्य शब्दहरुको संयोजन गरि लेखिएको यो पुस्तकमा विश्व प्रसिद्ध महावाणीहरु, र्सवेक्षण, अनुसन्धान, तथ्य, तथ्यांक र विद्यार्थीको मनोविज्ञानलाई समेत समेटिएका छन । भर्खरै विद्यालय भर्ना भएका नानीबाबु देखि उच्च शिक्षा आर्जन गरिरहेका विद्यार्थीहरुले मनन गर्नुपर्ने कुराहरु पुस्तकमा पढ्न पाइन्छ ।
विद्यार्थीको सफलताका लागि अभिभावकको ठूलो भूमिका हुन्छ । कतिपय अभिभावक आफ्नो छोराछोरीलाई विद्यालय भर्ना गरिदिने वित्तिकै सवै दायित्व हस्तान्तरण भएको ठान्छन यो पटक्कै होइन । विद्यालय भर्ना गरेपछि जिम्मेवारी झन बढेको हुन्छ । विद्यार्थीले ल्याउने अंक उसको अभिभावकमा पनि भर पर्छ । विद्यार्थीले राम्रो अंक ल्याउन र उत्कृष्ट हुन अभिभावकले के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा पनि पढ्न पाइन्छ । १३६ पृष्ठको पुस्तकको मुल्य १२५ रुपैंया रहेको छ । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीको शुभकामना तथा शिक्षा पत्रकार समुहका अध्यक्ष प्रकाश सिलवालले पुस्तकका वारेमा भूमिका लेख्नु भएको छ ।
सर्म्पर्कः ९८१३७२४०५५

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार