सेमेस्टर प्रणाली विवादले विद्यार्थी भर्ना प्रभावित

२०७० माघ १७ गते, शुक्रबार


काठमाडौं,१७ माघ । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा यसै वर्षदेखि सेमेस्टर प्रणालीअन्तर्गत पठनपाठन गर्ने भनिए पनि त्यससम्बन्धी निर्णय नहुँदा विद्यार्थीहरू अन्योलमा परेका छन् ।
सेमेस्टर प्रणाली लागु गर्ने वा नगर्ने भन्ने विवाद कायमै रहेका कारण स्नातकोत्तर तहको भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई चिन्तित बनाएको छ ।
विश्वविद्यालय क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणालीअन्तर्गत पढाइ सुरु गर्ने तयारी गरिए पनि आवश्यक पूर्वाधारबिनाको पढाइ गुणस्तरीय नहुने भन्दै विद्यार्थी सङ्गठनहरूले पनि पूर्वाधार तयार गरेर मात्र सेमेस्टर प्रणालीमा पढाइ सञ्चालन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराइसकेका छन् ।
स्नातकोत्तर पढ्न चाहने सम्पूर्ण विद्यार्थीका लागि भर्नामा भइरहेको ढिलासुस्तीले निकै चिन्तित बनाएको उक्त तहको भर्नाको प्रतिक्षामा रहेका विद्यार्थीले बताए ।
विश्वविद्यालय क्याम्पसका अधिकांश केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहको भर्नाका लागि दैनिक विद्यार्थीहरू आउने क्रम बढे पनि हालसम्म विद्यार्थीलाई भर्ना लिइनसकिएको नेपाली केन्द्रीय विभाग त्रिवि कीर्तिपुरका कर्मचारी श्यामकृष्ण केसीले बताए ।भर्ना प्रणालीबारे आवश्यक निर्णय भएपछि विभागहरूले भर्ना प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार