डिन नियुक्तिको गृहकार्य सुरु

२०७० माघ २० गते, सोमबार

काठमाडौं, २० माघ । चिकित्साशास्त्र अध्ययन संस्थानमा नयाँ डिन नियुक्तिको लागि त्रिभुवन विश्वविद्यालय गृहकार्यमा जुटेको छ ।डिन नियुक्तिको लागि सरकारले निर्देशन दिएपनि आलटाल भएको गुनासो बढिरहँदा विश्वविद्यालय पदाधिकारीले गृहकार्य भैरहेको बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधी न्यौपानेका अनुसार सोमबार कार्यकारी परिषद बैठक बसेर छलफल गर्ने तयारी छ ।
प्रक्रिया अनुसार नै डिन नियुक्ति हुने उनले बताए । मंगलबारसम्म पनि नयाँ डिन नियुक्ति नभए फेरि अनसन बस्ने शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा गोविन्द केसीले चेतावनी दिएका छन् ।यसअघि केसीको माग अनुसार सरकारले नयाँ डिन नियुक्ति गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार