आज विश्व क्यान्सर दिवस

२०७० माघ २१ गते, मंगलवार

काठमाडौं, २१ माघ – आज विश्व क्यान्सर दिवस, अन्धविश्वासमा नबसौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।
क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हुँदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले यस वर्षको नारा अन्धविश्वासमा नबसौं तय गरिएको हो । क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकले बताएका छन् ।
यस्तै खानपानमा ध्यान पुर्‍याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले बताउनुभयो ।
सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले क्यान्सरको जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा विरामी बढ्दै गएका हुन् ।
सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएका डाक्टर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय किशोरीहरुमा पनि स्तन क्यान्सरको समस्या बढ्दै गएको छ ।
स्तन क्यान्सरको बारेमा सचेत नहुँदा आउँदा वर्षमा यसको जोखिम थप बढ्दै जाने अनुमान गरिएको छ । धुमपान, मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले बताएका छन् ।विकसित राष्ट्रहरुमा भन्दा पनि विकासोन्मुख राष्ट्रहरुमा हरेक वर्ष क्यान्सरका विरामी थपिंदै गएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार