ब्लड इराडिएटर मेसिन भित्रिँदै

२०७० माघ २२ गते, बुधबार


काठमाडौँ, ।निजामती अस्पतालले नेपालमा पहिलो पटक रगतलाई हानीरहीत बनाउने उपकरण (ब्लड इराडिएटर) मेसिन भित्र्याउन लागेको छ । रक्त क्यान्सर रोगीहरुलाई शरीरमा रगत दिनुपूर्व रोगीका शरीरलाई हानी गर्ने तत्वलाई नष्ट गरी रगतलाई हानीरहीत बनाउने उपकरण (ब्लड इराडिएटर) मेसिन नेपालमा भित्रिने भएको हो ।नेपालमा पहिलो पटक निजामती अस्पतालले सो उपकरण प्रयोगमा ल्याउन लागेको छ । यस्तो उपकरण हालसम्म नेपालमा प्रयोगमा आएको छैन । भारतमा पनि दुईवटा मात्र रहेको बताइएको छ ।निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा विमल थापाले दिएको जानकारीअनुसार सो उपकरण खरिदका लागि अस्पतालले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरिसकेको छ ।“सम्भवत जापान, जर्मनी, अमेरिकाबाट सो उपकरण खरिद हुन्छ । यो सेवा सुरु भएपछि रक्त क्यान्सरका रोगीहरु उपचारका लागि भारत जानुपर्दैन । साथै रगत परीक्षणका लागि पनि नमूना भारत पठाउनुपर्दैन”–निर्देशक थापाले बताए ।सो उपकरणको करिब रु १० करोड पर्नेछ । तीन मिनेटदेखि दस मिनेटको अन्तरमा एक प्रिन्ट युनिटको परीक्षण सो उपकरणले गर्दछ । “हामी सस्तो मूल्यमा बिरामीलाई सेवा दिन्छौँ । यसबाट गङ्गालाल मुटुरोग अस्पताल, मिर्गाैला क्यान्सर अस्पताल पनि लाभान्वित हुनेछन् ”–निर्देशक थापाले भने ।उपकरण प्रयोगसम्बन्धी जानकारीका लागि अस्पतालले आफ्ना चिकित्सक, परिचारिका (नर्स) तथा प्राविधिकलाई अभिमुखीकरण गर्न अमेरिका र भारत पठाएको थियो ।
‘सुक्ष्म मृत्यु’ (साइलेन्ट किलर)को रुपमा विकसित भइरहेको क्यान्सरका रोगीहरु नेपालमा बढिरहेका छन् । खासगरी महिलाको पाठेघर र स्तन तथा फोक्सो, ठूलो आन्द्रा, छाला, कलेजो, ओठ, जिब्रो, रगत, पेटका क्यान्सर रोगी देखिएका छन् । प्रत्येक वर्ष पाँच हजारका सङ्ख्यामा यसका रोगीहरु देखा पर्ने गरेका विश्व स्वास्थ्य सङ्गठनका प्रक्षेपण छ ।अस्पतालले अमेरिकाको सिकागोको आलिनो विश्वविद्यालयको सम्बन्धनमा क्यान्सरका अत्याधुनिक सेवा सञ्चालन गरिराखेको छ । अस्पतालले निकट भविष्यमा बोनम्यारो ट्रान्सल्पान्ट गर्न आवश्यक कार्य अगाडि बढाएको छ । यसका लागि अत्याधुनिक रेडियो थेरापीको प्रयोगशाला निर्माणको कार्य अगाडि बढाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार