फर्मा एक्स्पो आजदेखि

२०७० फाल्गुन १६ गते, शुक्रबार


काठमाडौं, १६ फागुन । नेपाल फर्मा एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । एक्स्पोको स्वास्थमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम बताइएको छ ।एक्स्पोमार्फत औषधि उत्पादन प्रविधिका क्षेत्रमा भएका उपलब्धि, नयाँ प्रविधिबारे जानकारी गराइने आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ ।
औषधि उत्पादन, बजार व्यवस्थापन, गुणस्तर मापन लगाएत औषधिसँग सम्बन्धित सम्पूर्ण कुराको लेखाजोखा गर्नू एक्स्पोको मुख्य उद्देश्य भएको संघले जनाएको छ ।एक्स्पोमा स्वदेशी र विदेशी कम्पनीका गरी ९० भन्दा धेरै स्टल राखिने छ । आइतबारसम्म चल्ने एक्स्पोमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त शिविरको पनि आयोजना गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार