जाँच गरे सुरुकै अवस्थामा थाहा पाइञ्छ मृगौला रोगको संकेत

२०७० फाल्गुन ३० गते, शुक्रबार

काठमाडौं ,३० फागुन। विज्ञहरुको रगतमा क्रिएटिनिन र पिसावमा प्रोटिन जाँच गरे सुरुकै अवस्थामा मृगौला रोग पत्ता लाग्नुको साथै समयमै उपचार गरे प्रत्यारोपण वा डायलासिस नगराउनुपर्ने बताएका छन् ।
विश्व मृगौला दिवसको अवसरमा बिहीबार टुँडिखेलमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले ९० रुपैयाँ खर्च गरी रगतमा क्रिएटिनिन र पिासबमा प्रोटिनको जाँच गर्दा मृगौला रोग सुरुकै अवस्थामा पत्ता लाग्न सक्ने बताए ।
समयै उपचार भएका रोग निको हुनुको साथै रोगको गतिलाई नियन्त्रणमा राख्न सकिने उल्लेख गर्दै डा. श्रेष्ठले भने, ‘यसका लागि कसैले पनि सरकारको मुख ताक्नु जरुरी छैन् ।’ हाल सरकारले मृगौला फेल भएका प्रत्येक व्यक्तिका लागि ६ लाख ६० हजार लगानी गरिरहेको छ । प्रत्येक १० मध्ये १ जना व्यक्तिलाई मृगौलाको र्दीर्घकालीन रोग लाग्ने गरेको उल्लेख गर्दे डा. श्रेष्ठले उमेरसँगै देखि मधुमेह, उच्च रक्तचाप, मुटुरोग आदि रोगले मृगौलालाई आक्रान्त पार्दै लैजाने बताएका छन् ।
उनले विकसित मुलुकमा झै नेपालमा समेत नसर्ने रोगको बाहुल्यता ५२ प्रतिशत भन्दा बढी पुगिसकेकाले यसलाई नियन्त्रण गर्न तत्काल आधुनिक जीवन शैलीलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार