त्रिविमा सेमेस्टर प्रणालीवाट पठनपाठन सुरु

२०७० चैत्र १ गते, शनिबार

काठमाडौं, १ चैत ।त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणालीविरुद्ध उत्रिएका १२ विद्यार्थी संगठन पछि हटेसगै त्रिविले पठनपाठन सुरु गरेको छ । ‘हामी सेमेस्टर विरोधी होइनौं,’ विरोधको अगुवाई गरेको अखिल (क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले भने, ‘विद्यार्थीलाई असर नपर्ने गरी त्रिविको हरेक गतिविधि र नीतिगत प्रक्रियामा अवरोध गर्छौं ।’त्रिवि शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले विज्ञान संकायका केही विषय यसअघि देखि नै सेमेस्टर प्रणालीमा रहेको उल्लेख गर्दै थप विषय तथा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रमा समेत लागू भएको कान्तिपुरले समाचार छापेको छ। ‘कतिपय विषयमा पठनपाठन सुरु भइसकेको छ,’ केही विषयमा विद्यार्थी संख्या कम भएपछि फारम भर्ने म्याद थपिएको उल्लेख गर्दै उनले भने, ‘अन्य विषयमा पनि तत्काल प्रवेश परीक्षा लिएर पठन सुचारु हुन्छ ।’
सबैभन्दा बढी व्यवस्थापन संकायमा विद्यार्थीको चाप रहेको छ । करिब तीनसय जनाको कोटामा पाँचसयको दरखास्त परेको शिक्षाध्यक्ष न्यौपानेले जनाए । त्यसैगरी मानविकी संकायतर्फ अंग्रेजीको तीनसय कोटा रहेपनि चाहेजति विद्यार्थी दरखास्त परेको छैन । शिक्षाशास्त्रमा हजारभन्दा बढीले दरखास्त दिएका छन् । अर्थशास्त्र, समाजशास्त्र, नेपाली सामान्य चाप छ भने सबैभन्दा कम बौद्ध अध्ययनमा ३३, इतिहासमा ६ र संस्कृतिमा ६ जनाले आवेदन दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार