अस्थायी शिक्षकले नै निरन्तरता पाउने

२०७० चैत्र १२ गते, बुधबार

अस्थायी शिक्षकले नै निरन्तरता पाउने
काठमाडौं, १२ चैत । सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुले स्थायी नियुक्ति नहुँदासम्म निरन्तरता पाउने भएका छन् ।शिक्षा नियमावलीमा अस्थायी शिक्षकको म्याद यही चैत मसान्तसम्म भन्ने व्यवस्था भएपनि यस अवधिमा स्थायी पदपूर्ति नभएकाले अस्थायीले नै निरन्तरता पाउने भएका हुन् ।
शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेका अनुसार अर्को निर्णय वा व्यवस्था नहुँदासम्म अस्थायी शिक्षक पदमुक्त हुँदैनन् । शिक्षक सेवा आयोगले अन्तिम नतिजा प्रकाशित नगर्दासम्म अस्थायी शिक्षकलाई हटाउन नसकिने उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयमा हाल कार्यरत अस्थायी शिक्षकहरुको म्याद यही चैत मसान्तसम्म मात्र रहने शिक्षा नियमावलीमा व्यवस्था छ । रिक्त दरबन्दीमा स्थायी शिक्षक पदपूर्ति भएर आउने परिकल्पनाका साथ नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो ।
तर यसअवधिमा स्थायी पदपूर्ति हुन नसकेका कारण अहिले कार्यरतलाई अस्थायीकै रुपमा निरन्तरता दिने वा करारमा नियुक्ति दिने भन्नेबारे निक्र्यौल गर्न बाँकी रहेको शिक्षा विभागले जनाएको छ । अस्थायी शिक्षकहरुले प्रक्रिया पूरा गरेर स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
सार्क शिक्षक महासंघका उपाध्यक्ष बाबुराम अधिकारीले अस्थायी शिक्षकलाई मानसिक तनाव दिनुको सट्टा दीर्घकालिन समाधानको बाटो खोज्न आग्रह गर्नुभयो । विगतको सम्झौता कार्यान्वयन गरी आन्तरिक प्रतिष्पर्धाको बाटो खोल्नुपर्ने शिक्षकहरुको माग छ ।देशभरीमा झण्डै २५ हजार अस्थायी शिक्षक रहेको अनुमान छ । शिक्षक सेवा आयोगले रिक्त दरबन्दीमा पदपूर्तिका लागि काम थालेपनि प्रकृया पूरा भइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार