उदासी र अनाहक खुशी मानसिक रोगी !

२०७० चैत्र १९ गते, बुधबार


काठमाडौं ।मानसिक रोग सामान्य भएपनि जटिल बन्दै जाने भएकाले थप समस्या बल्भिmन नदिन बेलैमा उपचार गराउनुपर्नेमा सम्बद्ध चिकित्सक जोड दिएका छन् । मानसिक रोगीमा कहिले साह्रै उदासी हुने त कहिले बिनाकारण बढी खुशी या उत्तेजित भएर केही न केही गरौँ जस्तो दुई खालको समस्या देखापर्ने शिक्षण अस्पताल महाराजगन्जका मनोरोग विज्ञ डा. मीता राणा बताउँछन् ।
दुई ध्रवीय मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल मेन्टल हेल्थ फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले १५ दिन वा सोभन्दा बढी कुनै व्यक्तिमा यस्तो समस्या देखिएमा मनोरोग विज्ञ वा मनोचिकित्सकलाई देखाउनुपर्ने बताइन् ।
सामाजिक परिवेश, मस्तिष्कमा बढ्ने एक प्रकारको रसायन र वंशाणुगत कारणले पनि मानसिक रोग बल्भिmने भएकाले मनोरोगविज्ञको रायबमोजिम जीवनयापन गरेमा कतिपय समस्या समाधान हुन्छ भने कतिपय समस्यामा चिकित्सकको सल्लाहबमोजिम औषधिसमेत प्रयोग गर्नुपर्ने हुन्छ ।
अधिकारवादी नेता चरण प्रसाईं जनयुद्धका समयमा पीडितमध्ये ६७ लाख व्यक्तिमा मानसिक रोग देखापरेको र तीमध्ये कतिपयमा दुई धु्रबीय समस्या हुनसक्ने बताए । दुई धु्रवीय मानसिक रोगबाट पीडित एलिना उप्रेतीले आफूजस्ता रोगीलाई समाजले पागलको संज्ञा दिने गरेको र सक्षम हुँदा पनि थुप्रै अवसरबाट विमुख हुनुपरेको बताइन् । रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार