अखिल क्रान्तिकारी नयाँ नेतृत्व चयन गर्दै
काठमाडौं,२५ चैत । अखिल क्रान्तिकारीकाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संगठनको जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।सर्वसम्बत नेतृत्व चयन गर्ने विषयमा भएको छलफल कुनै निष्कर्षमा पूग्छ नसकेपछि निर्वाचन हुने निश्चित भएको हो । यस अघि भने सर्वसम्बत रुपमा नेतृत्व चयन हुँदै आएको थियो । अध्यक्ष बन्न अहिलेका उपाध्यक्ष रमेश मल्ल र जागृत रायमाझी चुनावी प्रतिष्पर्धामा उत्रनेछन् । निर्वाचनले १५ सदस्यीय कार्यसमिति चयन हुनेछ ।
सचिवद्वय नरेन्द्र न्यौपाने र अनिल शर्मा महासचिवमा भिड्दैछन् । महासचिवका दाबेदार रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङ उपाध्यक्षमा उठ्ने भएका छन् । सात जना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, राजु आले, मदन चुडाल, रमेश धामी, तिलक भण्डारी र दिपेश पुनलगायत एक दर्जनभन्दा बढीले उम्मेदवारी दिने तयारी गरेका छन् ।क्रान्तिकारीको १९ औ सम्मेलन गत बिहीबारदेखि कीर्तिपुरमा जारी छ ।